मुग । आउदो मंसिर ४ गते हुने गइरहेको प्रदेश र संघको निर्बाचनको लागि नेकपा माओबादी केन्द्र मुगुले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
माओबादी केन्द्रले प्रदेशसभा निर्बाचन क्षेत्र(ख)मा प्रत्यक्षतर्फ जिल्लास्तरका सिनियर नेताको नाम सिफारिस गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य मंगलबहादुर शाही, कर्णाली प्रदेश सहसचिव बिर्खबहादुर थापा र जिल्ला संयोजक सुकबीर बुढालाई प्रदेश (ख) मा प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरिएको नेकपा माओबादी केन्द्रले जनाएको छ ।
त्यसैगरी उक्त पार्टीले प्रदेश(क) मा प्रत्यक्षतर्फ प्रदेश समिति सदस्य केबलबहादुर मल्ललाई सिफारिस गरेको छ । एक निर्बाचन क्षेत्र रहेको मुगुमा अनेरास्वबियू (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य युवा नबराज कार्कीलाई प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
उक्त पार्टीले प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा दाबि नगरेको भएपनि कार्कीको नाम राखेको हो ।
नेकपा माओबादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधिसभाको खस आर्य कलस्टरमा मणीचन्द कार्की, जनजातिमा सोनाम यान्की लामा र दावा फुटिक लामा, दलिततर्फ बिर्ख टमाटा र महिलाबाट मधुली नेपालीलाई सिफारिस गरिएको छ ।
प्रदेशसभा निर्बाचन(क)को समानुपातिकतर्फ सन्तोष कुमार मल्ल, जनजातिबाट पेमा लामा, दलितबाट कर्ण बहादुर कुलालो र महिलाबाट झरना देबी बुढाको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी समानुपातिकतर्फ प्रदेश निर्बाचन(ख) मा खस आर्यबाट लाल भक्त सन्ज्याल, दलित बाट पदम परियार महिलाबाट बाँचु धामी तथा सुकुमाया शाहीलाई सिफारिस गरिएको छ ।
वि.सं.२०७९ असोज ३ सोमवार १५:२८ मा प्रकाशित






























