back
CTIZAN AD

के प्रचण्ड–जनार्दन सम्बन्ध सुध्रिएकै हो ?

वि.सं.२०७९ असोज ३ सोमवार

1.5K 

shares

काठमाडौं । पदाधिकारी चयनसँगै माओवादी केन्द्रभित्र थप विवाद देखिएको छ । शीर्ष तहका नेताहरुबीच पदाधिकारी चयनको विषयलाई लिएर निकै असन्तुष्टी देखिन्छ । विशेषगरी महासचिव पदका दाबेदारहरुले उक्त पद नपाएसँगै तिव्र असन्तुष्टी पोखीरहेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक मञ्चमै समेत भनाभन भएको थियो । नेता शर्माले माओवादी निकट विद्यार्थी संगठनको कार्यक्रमकै बीच उपमहासचिव पद अस्वीकार गरेको घोषणा गरेका थिए । पदाधिकारी चयनप्रति तिव्र असन्तुष्ट बनेका उनले उक्त कार्यक्रमकै बीच प्रचण्डप्रति निकै तिखा टिप्पणी पनि गरेका थिए ।

शर्माले “नीति र नेतृत्व सही ढंगले अघि नबढेको” बताएका थिए । नेतृत्वको रुपमा रहेका प्रचण्डप्रति धेरै प्रश्न उब्जिएको उनको भनाई थियो । शर्माको प्रश्नमा प्रचण्डले पनि तिखो ढंगबाटै जवाफ फर्काएका थिए । उनले “जनार्दनलाई रक्षा गर्ने र हुर्काउने काम आफैंले गरेको” बताएका थिए ।

प्रचण्ड र जर्नादनबीचको आन्तरिक सम्बन्ध उक्त कार्यक्रममा छताछुल्ल भएको थियो । तर, भनाभन भएको दुई साता नबित्दै दुई नेता भने सँगसँगै देखिएका छन् । एउटा सामान्य भवन उद्घाटन कार्यक्रममा समेत दुई नेता नारिएर पुगेका छन् ।

समानुपातिक उम्मेदवारको टुंगो लगाउनुपर्ने बैठक छाडेर दुई नेता सोमबार सोलुखुम्बु पुगेका हुन् । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन, सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेज उद्घाटन गर्न दुई नेता नारीएर गएका थिए ।

समानुपातिक उम्मेदवारको नाम प्रचण्ड स्वयम्ले टुंग्याउँदैछन् । नाम टुंग्याउने अन्तिम समय दुई नेता सँगै हुनुलाई उम्मेदवार चयनको छलफलको रुपमा पनि बुझिएको छ । प्रचण्डले तत्कालिन समय एमालेसँगको एकतादेखि शर्मालाई विभिन्न नेतृत्वदायी भूमिकामा अगाडि सार्दै आएका छन् । पछिल्लो गठजोड उम्मेदवारको नाम टुंग्याउने सन्दर्भमा भएको बुझिन्छ । दुई नेता पुनः सँगसँगै हिँड्न थालेको आकंलन गरिएको छ ।

सम्बन्धित समाचार

विद्यार्थीको कार्यक्रममा प्रचण्ड र जनार्दनबीच भनाभन

वि.सं.२०७९ असोज ३ सोमवार १५:२४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...