काठमाडौं । माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । सोमबार निर्वाचन आयोगलाई बुझाउन तयार गरेको समानुपातिक तर्फको बन्द सूचीमा महराको नाम पनि समेटिएको हो ।
माओवादी केन्द्रका एक नेताले बताएअनुसार पदाधिकारी मध्येबाट महराको नाम समानुपातिकमा समेटिएको छ ।
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा महरा दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षमा निर्वाचित भएका थिए । यसपटक पनि उनको नाम उक्त क्षेत्रबाटै चर्चामा थियो । तर, महरा स्वयम्ले इच्छा नदेखाएपछि उनको नाम समानुपातिकमा समावेश गरिएको ती नेताले बताए ।
आफुँमाथि लागेको यौन दुव्र्यवहारको मुद्दाबाट सफाई पाएपनि निर्वाचनमा उक्त विषयले प्राथमिकता पाउने सम्भावना थियो । विपक्षीले उक्त मुद्दालाई नै उठाएर उनलाई कमजोर बनाउने अवस्था रहन्थ्यो । महराले समानुपातिकबाट आफुलाई सुरक्षित राखेको बुझिन्छ ।
वि.सं.२०७९ असोज ३ सोमवार १७:०३ मा प्रकाशित






























