काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित हुँदा १६५ जना निको भएका हुन् ।
पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ९२४ नमुना परीक्षणमा ९१ जना संक्रमित थपिएका हुन् । आज थपिएका ९१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ३१६ पुगेको छ । साथै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८५ हजार ५६० पुगेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १७४० रहेको छ । ती मध्ये होम आइसोलेशनमा १६७८, संस्थागत आइसोलेशनमा ६२, आइसीयुमा २० जना रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ ।
कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी, थप ५९ जनामा संक्रमण
वि.सं.२०७९ असोज ३ सोमवार १७:२४ मा प्रकाशित






























