back

प्राइम लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर जारी

वि.सं.२०७९ असोज ३ सोमवार

123 

shares
NTC AD
Global IME AD

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ बोनस दर जारी गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी प्रतिवेदन गत भदौ ३० गते बीमा समितिबाट स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीले सोही वर्षको नाफाबाट बीमितहरुलाई बोनस दिन लागेको जनाएको छ ।

कम्पनीले जारी गरेको बोनस दर अनुसार बीमितले प्रति हजार ३५ देखि ८० रुपैयाँ पाउने कम्पनीले जनाएको छ । कम्पनीले यस अघिको वर्षमा प्रति हजार ३५ देखि ७५ रुपैयाँ बोनस दिएको थियो ।

कम्पनीले सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लगि ३५ रुपैयाँ तोकेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ ,१५ वर्षदेखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लगि ५० रुपैयाँ र २५ देखि माथि अवधिलाई ७० रुपैयाँ बोनस दर निर्धारण गरेको जनाएको छ ।

कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखअन्तर्गत ९ वर्ष अवधिको लागि ३६ रुपैयाँ छ । १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ८० रुपैयाँ बोनस बीमितले पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ बोनस दर तोकेको छ । १५ वर्ष देखि १९ वर्ष अवधिको ५८ रुपैयाँ २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ८० रुपैयाँ बोनस दर छ । साथै, प्राइम जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा १६ वर्ष अवधिका लागि ४२ रुपैयाँ छ । प्राइम जीवन उपहार (सावधिक) मा १५ वर्ष अवधिका लागि ४० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

 

वि.सं.२०७९ असोज ३ सोमवार १७:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई...

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको...