back
CTIZAN AD

प्राइम लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर जारी

वि.सं.२०७९ असोज ३ सोमवार

852 

shares

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ बोनस दर जारी गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी प्रतिवेदन गत भदौ ३० गते बीमा समितिबाट स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीले सोही वर्षको नाफाबाट बीमितहरुलाई बोनस दिन लागेको जनाएको छ ।

कम्पनीले जारी गरेको बोनस दर अनुसार बीमितले प्रति हजार ३५ देखि ८० रुपैयाँ पाउने कम्पनीले जनाएको छ । कम्पनीले यस अघिको वर्षमा प्रति हजार ३५ देखि ७५ रुपैयाँ बोनस दिएको थियो ।

कम्पनीले सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लगि ३५ रुपैयाँ तोकेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ ,१५ वर्षदेखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लगि ५० रुपैयाँ र २५ देखि माथि अवधिलाई ७० रुपैयाँ बोनस दर निर्धारण गरेको जनाएको छ ।

कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखअन्तर्गत ९ वर्ष अवधिको लागि ३६ रुपैयाँ छ । १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ८० रुपैयाँ बोनस बीमितले पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ बोनस दर तोकेको छ । १५ वर्ष देखि १९ वर्ष अवधिको ५८ रुपैयाँ २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ८० रुपैयाँ बोनस दर छ । साथै, प्राइम जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा १६ वर्ष अवधिका लागि ४२ रुपैयाँ छ । प्राइम जीवन उपहार (सावधिक) मा १५ वर्ष अवधिका लागि ४० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

 

वि.सं.२०७९ असोज ३ सोमवार १७:३६ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...