Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

चोलेन्द्र नजरबन्दमा, विराेधमा उत्रिए कानुन व्यवसायी



काठमाडौं। स्वतन्त्र कानुन व्यवसायीहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले नजरबन्दमा राखेर कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् । उनीहरुले प्रधानन्यायाधीश राणालाई अवरोध नगर्न पनि आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले राणालाई नजरबन्दमा राखेर सरकारले गैरकानुनी, गैरसंवैधानिक कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् । देशमा विधिको शासन कायम हुनुपर्ने उनीहरुको माग छ ।

संसदको कार्यकाल सकिएसँगै आफूमाथि लगाइएको महाभियोग निष्क्रिय भएको भन्दै निलम्बित प्रधानन्यायाधीश राणा आइतबार सर्वोच्च अदालत जाने तयारीमा थिए । राणा पुर्व निर्धारित समयअनुसार सर्वोच्च निस्कनुअघि नै उनको निवासको गेटमा प्रहरीले तालाबन्दी गरेको समाचार बाहिरिएका थिए । उनलाई सर्वोच्चमा प्रवेश गर्न नदिन नेपाल बार र सर्वोच्च बार कानुन व्यवसायीहरु धर्नामा बसेका थिए । अदालत परिसरमा प्रवेश गर्न नदिन व्यापक प्रहरी परिचालन समेत गरिएको थियो । राणाले नै आफूलाई नजरबन्दमा राखिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली नै उनको निवासमा पुगेको थियो ।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक विश्लेषक प्रकाश रायमाझीले देश अहिले अराजकताको अवस्थामा रहेको बताए । ‘अब संवैधानिक प्रक्रिया नभई राजनीतिक प्रक्रियाबाट निकास खोज्नुपर्छ ।’ अहिले नेपाल समस्यामा फसेको उल्लेख गर्दै उनले समस्याको घडीमा नेपाली सेना तमासा मात्र हेरेर बस्न नहुने धारणा राखे ।

उनले चोलेन्द्रलाई बलिको बोको बनाएर दलहरुले राजनीति गरिरहेको पनि टिप्पणी गरे । उनले अब नेपाली नागरिकहरु चुप बस्न नहुने भन्दै देश जोगाउने जिम्मेवारी आम नागरिकको पनि भएको भन्दै सडकमा आउन आह्वान गरे । उनले अहिले न्यायालयमा आगो बालिरहेको भन्दै आगो लगाउने तत्वको खोजी गर्नुपर्ने पनि बताए । अहिलेको व्यवस्थाबाट जनता आत्तिसकेको उनको भनाई थियो । उनले भने,‘यो छापामार शैलीमा ल्याईएको संविधानले देशमा स्थायित्व दिँदैन, अब यो व्यवस्थाको विकल्प खोजी गर्नुपर्छ ।’

त्यस्तै, वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संलग्नता न्यायिक निष्ठाविपरित थियो भने प्रमाणले पुष्ट्याँई गर्नुपर्ने बताएका छन् । घटनाको अनुसन्धान समितिले गर्नुपर्ने थियो भन्ने उनको भनाइ थियो । उनले भने,“महाभियोग प्रस्ताव पारित हुने वा नहुने कुराको निक्यौल नसुनाइकन राखिएको विषयलाई कानुनी व्यवस्था भएबमोजिम अदालतमा काम गर्ने प्रयास गर्दा प्रधानन्यायाधीशलाई बन्दी बनाइयो, उहाँको निवासमा ताला लगाइयो, यो निरंकुश सरकारले पनि गर्न सुहाउने कुरा थिएन, तर यो कुरा गरियो ।” सरकारले चोलेन्द्रलाई नजरबन्दमा राखेको विरोधमा नेकपा एमालेले आवाज उठाउनुपर्ने उनको भनाई छ ।

उनले एमालेले कुनैपनि पार्टीमा आवद्ध भएका वा नभएका सबैलाई एक कठ्ठा गरेर सरकारविरुद्ध सडकमा उतार्नुपर्ने टिप्पणी गरे । प्रमुख प्रतिपक्षी दलको नाताले एमालेले चोलेन्द्रलाई प्रधानन्यायाधीशको अस्तित्व मान्नुपर्ने भन्दै यदि अस्वीकार गरेमा ठुलो द्धेद्धचरित्र देखाएको पुष्टि हुने उनको तर्क थियो ।

श्रेष्ठले एमालेले चोलेन्द्रबारे ‘हो पनि नभन्ने र होइन पनि’ भन्न नसकेको भन्दै गठबन्धनको प्रस्तावलाई स्वीकार गरेकोमा आपक्ति जनाउँदै गठबन्धनले गरेका नराम्रा कामको जिम्मेवार एमाले पनि हुनुपर्ने बताए । उनले भने,“यदि एमालेको द्वेद्व चरित्र होइन भने सडकमा आउनुपर्छ, होइन भने गठबन्धनमा सामेल भएका दलको चरित्रभन्दा पनि खराब चरित्र एमालेले देखाएको प्रमाणित हुनेछ ।”

युवा नेता तथा न्यायप्रेमी सुवास ढकालले नेपाल बार एशोसिएशन भूमिगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएका छन् । बारले संसद्मा चोलेन्द्रले क्विन्टलका क्विन्टल पैसा बुझ्छन् भनिरहँदा उनलाई साढे ९ करोड ऋण लागेको हिसाब संसदको रिपोर्टमा आएको सुनाउँदै उक्त पैसा कुन वकिलले दियो त्यसबारेमा खोजी गर्नुपर्नेमा जोड दिए ।

उनले भने,“आरोपको लागि आरोप लगाएको हो भने चोलेन्द्रलाई समातेर निकाल्छौं । यदि त्यो आरोप सत्य होइन भने आरोप लगाउने मतियारलाई पनि निकाल्नुपर्छ ।”

त्यस्तै, अधिवक्ता हरिप्रसाद कट्टेलले हिजो आइतबार (न्याय पाउने सर्वोच्च थलो) सर्वोच्च अदालतको प्रांगणमा त्रासदीपुर्ण अवस्था देख्दा निकै दुःख लागेको स्मरण गराए । आफु नेपाल बार एशोसियसनको सदस्य भएको बताउँदै उनले चोलेन्द्रमाथि लगाइएका आरोप सही भएपनि प्रक्रिया गलत भनेर आफुहरुले सुरुदेखि नै कुरा उठाउँदै आएको स्पष्ट पारे । “महाभियोग लगाएको समयदेखिनै बारका आरोप सही भएपनि प्रक्रिया गलत भएको भन्दै हाम्रो एक समुहले छुट्टै अभियान थालनी गर्यौं ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको