back

‘नाडा इभि चौतारी’को आयोजना हुँदै

वि.सं.२०७९ असोज ५ बुधवार

144 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल’को आयोजनामा नेपालमानै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु-ह्विलर ‘नाडा इभि एक्स्पो’ यहि आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डपमा आयोजना हुने भएको छ ।

उक्त ‘नाडा इभि एक्स्पो’ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म युएसएआइडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने नाडाले जनाएको छ ।

नाडाका अनुसार इभि चौतारीको पहिलो दिन ७ गते इभि टेक्नोलोजि एण्ड इकोसीस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते फाइनान्सीयल एस्पेक्टस् अफ इभिको बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् । साथै, अन्तिम दिन ९ गते पोलिसीज् फर प्रोमोटिङ इभिज् भन्ने बिषयमा छलफल हुने बताइएको छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मागरी ज्ञान बाड्ने चौतारी हुने नाडाले जनाएको छ ।

 

वि.सं.२०७९ असोज ५ बुधवार १२:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...