back
CTIZAN AD

समयमै मल नपाएपछि धानबालीमा रोग, किसान चिन्तित

वि.सं.२०७९ असोज ५ बुधवार

756 

shares

दोधारा चाँदनी । कञ्चनपुर र कैलालीमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ । किसानले लगाएको सर्ज ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो । कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्ज ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताए । “सर्ज ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ”, उनले भने, “यो जातको धानको बीउ हरेक वर्ष परिवर्तन गर्नुपर्छ पुरानो बीउ लगाएका कारण रोग देखिएको हो ।” उनले किसानलाई यो जातको बीउ नलगाउन आग्रह गरे पनि धेरै किसानले लगाएको बताए ।

“धान लगाउने बेला युरियासँग जिङ्क मिसावट गरेर हाल्नुपर्ने हुन्छ यस वर्ष किसानले समयमा मल नपाएका कारणले पनि होे”, उनले भने, “कैलाली–कञ्चनपुरमा अहिले यही समस्या देखिएको छ ।” उनका अनुसार पानीको कमी र बीउ पुरानो भएका कारणले पनि धानबालीमा समस्या देखिन्छ ।

“औसतमा पाँच प्रतिशत जग्गामा लगाएको धानमा रोग लागेको छ”,उनले भने, “धान लगाउने बेला किसानले पनि सचेत हुन जरुरी छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका तुला दत्त जोशीको छ बिघा जग्गामा लगाएको धान बालीमा रोगले सखाप पारेको छ । उनले लगाएको सर्ज ५२ जातको बीउमा रोगको समस्या देखिएको बताए ।

“अन्य जातको धानबालीमा समस्या छैन यसमा मात्रै रोग देखिएको छ”, उनले भने, “धानमा बाला नलाग्ने बोट कुहिएर जाने समस्या छ ।” उनले पाँच बिघा जमिन वार्षिक भाडामा लिएर धानखेती गरिरहेको बताए । “सर्ज, सिन्की, सावित्र र मनसुली चार जातका धान रोपेको छु अरुमा समस्या देखिएन सर्जमा पूरै सखाप छ”, उनले भने, “विगतका वर्षमा यस्तो हुन्थेन यो वर्षमात्रै भयो ।”

वार्षिक रु ५० हजारमा भाडामा लिएको जग्गामा धान नफलेपछि उनी चिन्तित बनेका छन् । “यो रोगले गर्दा यो वर्ष लगानी पनि नउठ्ने भयो”, उनले भने, “रोपाइँ गर्दा मात्रै रु ४० हजार जति खर्च भएको थियो ।” उनले पटकपटक गरेर घानबालीमा मलखाद छरे पनि धानबाली नआएको बताए ।

“रोग देखिएपछि धानको बोट लगेर कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकलाई देखाए रोग पत्ता लगाउन सकिएन”, उनले भने, “कृषि प्राविधिकको सल्लाहअनुसार पछि जिङ्क मिसाएर युरिया हाले त्यसले पनि काम गरेन ।” कञ्चनपुरमा ४८ हजार आठ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

 

वि.सं.२०७९ असोज ५ बुधवार १३:१८ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...