back
CTIZAN AD

कांग्रेस घोषणापत्र समितिमा पत्रकारदेखि साहित्यकारसम्म

वि.सं.२०७९ असोज ५ बुधवार

783 

shares

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिएका छन् । उनले शर्मा संयोजक रहेको समितिलाई बुधबार ४१ सदस्यीय बनाएका छन् ।

समितिमा पार्टीका केन्द्रीय सदस्य, समाजसेवी, इन्जिनियर, प्राध्यापक, डाक्टर, कलाकार, पत्रकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिएको छ । देउवाले वरिष्ठ पत्रकार सुरेश आचार्य र गेजा शर्मा वाग्लेलाई समितिमा राखेका छन् । यस्तै, साहित्यकार विष्णुविभु घिमिरे, श्रवण मुकारुङ समितिमा परेका छन् ।

घोषणापत्र तयारी समितिमा कलाकारिता क्षेत्रबाट एकजना मात्र परेका छन् । उनी हुन्, निर्देशक मिन भाम । चर्चित सिनेमा ‘कालोपोथी’ का निर्देशक कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार सिफारिससमेत भइसकेका छन् ।

यस्तै, क्रिकेटर विनोद दास पनि कांग्रेसको घोषणापत्र तयारी समितिमा परेका छन् । उनी लामो समयसम्म राष्ट्रिय क्रिकेट टोलीका सदस्य थिए ।

वि.सं.२०७९ असोज ५ बुधवार १४:३६ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...