back
CTIZAN AD

नागरिकता विधेयक विवाद : गठबन्धनले सार्‍यो दुई विकल्प

वि.सं.२०७९ असोज ५ बुधवार

627 

shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेसँगै सत्ता गठबन्धन विकल्पको खोजी गर्न छलफलमा जुटेको छ । गठबन्धनले राष्ट्रपतिको कदमलाई “संवैधानिक व्यवस्थामाथिको प्रहार” भनि विज्ञप्ती नै निकालेर विरोध गरेको छ ।

गठबन्धनले राष्ट्रपतिको कदमपछि कानुनी विकल्पहरु के हुन सक्छन् भनि छलफल थालेको छ । बिहानको बैठकमा गठबन्धनले दुई विकल्पबारे छलफल गरेको एक नेताले बताए । उनका अनुसार प्रमाणीकरण नभएको विधेयक स्वतः प्रमाणीकरण भएको मान्दै राजपत्रमा प्रकाशित गर्ने वा सर्वोच्चमा राष्ट्रपतिको कदमविरुद्ध रिट लिएर जाने भन्ने विकल्पमा छलफल भएको थियो ।

गठबन्धनले अघि सारेका दुई विकल्पबारे अहिले कानुनविद्हरुसँग छलफल हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्सँगको छलफल पछि आगामी कदमबारे निर्णय लिने तयारी गरेका छन् । गठबन्धनले प्रधानमन्त्री देउवालाई कानुनविद्सँग छलफल गर्न सुझाएको थियो ।

बिहानको छलफलमा अधिकांश नेताहरुले संवैधानिक व्यवस्थाअनुसार स्वतः प्रमाणीकरण भएको मान्दै राजपत्रमा प्रकाशित गर्नुपर्नेमा जोड दिएका थिए । तथापी उक्त कदमले ल्याउनसक्ने अवस्थाबारे सचेत रहनुपर्ने पनि कतिपयको धारणा थियो ।

वि.सं.२०७९ असोज ५ बुधवार १५:३३ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...