back

राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट हुन सक्दैन–नारायणकाजी

वि.सं.२०७९ असोज ५ बुधवार

162 

shares
RBB AD
NTC AD

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधान उल्लंघन गर्ने छुट नभएको बताएका छन् ।
संसदबाट दोस्रोपटक पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकता बिधेयकका बारेमा बिभिन्न दृष्टिकोण र बिचारहरु रहेको र त्यसलाई सम्मान बताउँदै यद्यपी राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणित नगर्नु संविधान बिपरितको गलत कदम रहेको बताएका छन् ।

‘संसदबाट दोस्रोपटक पारित गरी प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाइएको नागरिकता बिधेयकका बारेमा बिभिन्न दृष्टिकोण र बिचारहरु छन् । यसको सम्मान गरिनु पर्दछ । म स्वयंले पनि राष्ट्रिय सभाको बैठकमा र सार्बजनिक रुपमा समेत बिधेयकमा रहेको कतिपय लैङ्गिक बिभेद र बैबाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएं,’ नेता श्रेष्ठले सामाजिक संजालमा भनेका छन्, ‘हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो । हाम्रा बिचारहरु राष्ट्रपतिज्यूले सरोकार देखाउनु भएका कतिपय बिचारहरुसंग पनि मेल खान्छन् ।’

वि.सं.२०७९ असोज ५ बुधवार १६:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अध्यक्षमा...

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६...

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...