back
CTIZAN AD

सिटिजन लाईफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स सम्पन्न

वि.सं.२०७९ असोज ८ शनिवार

561 

shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “बिजनेस स्ट्राटिजी कन्फेरेन्स–२०७९” कोे पाचौँ संस्करण २०७९ साल असोज ३, ४ र ५ गते सौरहाको होटल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ ।

कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमानदारी र मिहेनतका साथ खटिएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनीतिबारे छलफलका साथै आर्थीक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न ३१ विधामा कम्पनीले सम्मान गरेको थियो ।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापान समूह र शाखाका कर्मचारीहरु बीच कम्पनीको प्रशासन सँग सम्बन्धित रहेका विविध बिषयहरुमा सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो ।

कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ । प्रचलित कानुन, नीति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रह्यो । कम्पनीको सम्पुर्ण व्यवस्थापन समूहको समुपस्थितीमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ असोज ८ शनिवार ०८:०० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...