काठमाडौं । आइएमई पेका ग्राहकले स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा आकर्षक छुट पाउने भएका छन् । आइएमई पे र सोर्स कोड प्रा.लीबीच पेका ग्राहकलाई ३५% छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार पेका ग्राहकले स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५% छुट पाउने भएका छन् ।
आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एमएसमालोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थप्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताए । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।
कम्पनीका अनुसार डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् ।
आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो ।
वि.सं.२०७९ असोज ८ शनिवार १६:३४ मा प्रकाशित






























