back
CTIZAN AD

पालिकाले सहुलियतपूर्ण कर्जा दिने

वि.सं.२०७९ असोज ८ शनिवार

942 

shares

कीर्तिपुर । चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो ।

नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपक्षीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज अनुदान प्रदान गर्नेछ । यसैगरी मत्स्यपालन, उत्पादित माछाको भण्डारण र बिक्री वितरण तथा पशुबधशाला एवं मासुजन्य उत्पादन गरिरहेका किसानले पनि यस्तो ब्याज अनुदान पाउने छन् ।

जडीबुटी उत्पादन प्रशोधन र भण्डारण, अलैँची र अदुवा खेती गर्ने किसानले पनि सहुलियत कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार दिइने अन्य व्यवसाय घरेलु उद्योग र साना तथा मझौला उद्यम सञ्चालकले पनि यस प्रकारको ब्याज अनुदान पाउने छन् । प्रमुख गिरीका अनुसार किसानले बैंकमार्फत सहुलियत कर्जा पाउनेछन् ।

नगरपालिकाले किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरणमा समेत मद्दत गर्नेछ । त्यसका लागि नगरका सबै वडामा सार्वजनिक स्थान पहिचान गरी हाटबजार लगाइने गिरीले जानकारी दिनुभयो । नगरका सुरक्षाका लागि सिसिटिभी जडान गर्नेबारे समेत छलफल भएको छ ।रासस/फाइल फोटो

वि.सं.२०७९ असोज ८ शनिवार १६:०५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...