back
CTIZAN AD

हिमपहिरामा परेर मृत्यु भएका राईको शव काठमाडौँ लगियो, १२ जनाको सकुशल उद्धार

वि.सं.२०७९ असोज ११ मंगलवार

768 

shares

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा आज काठमाडौँ लगिएको छ ।

लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमा काठमाडाँै लैजान सहज भएको हो । खोँचमा रहेको शव निकाल्न दिनभर प्रयास गरिएको थियो । उनले भने, “मौसम प्रतिकूलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न कठिन भएको थियो, साँझपख मौसममा सुधार आएपछि शव हिउँबाट निकाल्न सहज भएको हो ।”

राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौँ पठाइएको लामिछानेले बताए । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो । राईलाई भने बचाउन सकिएको थिएन ।

वि.सं.२०७९ असोज ११ मंगलवार २०:३९ मा प्रकाशित

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...