back
CTIZAN AD

तान्जनियामा एकसातामा ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप

वि.सं.२०७९ असोज १३ बिहीवार

1.2K 

shares

तान्जनिया । तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ ।
देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

पशुपक्षी मन्त्री माशिम्बा एनडाकीले ती खोप सबै निःशुल्क वितरण गरिएको र लगाउने कार्य सुरु भइसकेको जानकारी दिए ।

उनका अनुसार रेविज विरुद्धको खोप कुकुरका पालकहरुलाई वितरण गरिएको छ भने सार्वजनिक स्थलमा रहेको कुकुरका लागि छुट्टै व्यवस्था गरिएको छ ।

देशभरी रोविजबाट विरामी भएकाहरुको सङ्ख्या बढ्दै गएका नियन्त्रण गर्न खोप अभियान चलाइएको उको भनाई छ ।

“अहिले हाम्रा पशु स्वास्थ्य अधिकारीहरु कुकुरहरुलाई खोप लगाउनका लागि देशभरी नै खटिएका छन्” उनले बताए । यो कार्य आगामी अक्टोबर २ सम्ममा सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

रेविज रोगले धेरै मानिसको मृत्यु पनि भएकाले आफ्ना कुकुरलाई रेविज विरुद्धको खोप लगाउनै पर्ने वाध्यकारी व्यवस्था सबै कुकुर पालकहरुलाई गराइएको छ ।

उनका अनुसार तान्जनियामा बार्षिक रुपमा १५ सय जनाको मृत्यु रेविजका कारण हुने गरेको देखिएको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ असोज १३ बिहीवार ०८:२८ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...