back
CTIZAN AD

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, १९ को मृत्यु

वि.सं.२०७९ असोज १४ शुक्रवार

867 

shares

काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्फोट पश्चिमी काबुलको दश्त-ए-बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरु लक्ष्य गरिएको पाइएको छ ।

विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो । दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले भनेका छन् ।

यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ । परिवारहरू क्षेत्रीय अस्पतालहरूमा पुगेका यहाँ एम्बुलेन्सहरू पीडितहरू लिएर आइपुगेका बताइएको थियो । अस्पतालमा आफ्नी बहिनीलाई खोज्दै आएकी एक पीडित महिलाले एएफपीलाई १९ वर्षकी आफ्नी बहिनी फेला नपरेको बताएकी छिन् ।

मारिनेमा अधिकांश केटीहरु 

अफगानिस्तानको राजधानीमा शुक्रबार परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश केटीहरु रहेका जनाइएको छ । आक्रमणमा घाइते भएका एक विद्यार्थीले एएफपीलाई बताएका छन् ।

‘हामी कक्षाकोठामा करिब ६०० जना थियौं, तर मृत्यु हुनेमा अधिकांश केटीहरु रहेका थिए ’ एक पुरुष विद्यार्थीले आफ्नो उपचार भइरहेको अस्पतालमा बताएका छन् । (रासस/एएफपी)

वि.सं.२०७९ असोज १४ शुक्रवार १४:४७ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...