काठमाडौं । काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका-६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२-०२८ प ८८२१ नंम्बरको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँका कृष्ण गिरीको मृत्यु भएको हो ।
बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् । मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । रासस
वि.सं.२०७९ असोज १४ शुक्रवार १४:५८ मा प्रकाशित






























