back
CTIZAN AD

सेती नदीमा दुई बेपत्ता

वि.सं.२०७३ चैत १७ बिहीवार

711 

shares

१७ चैत, डोटी । सेती नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । मंगलबार र बुधबार गरी दुई जना बेपत्ता भएका हुन् । बुधबार दिउँसो नुहाउने क्रममा शिखर नपा–१ गेरुपानी भन्ने ठाउँबाट सेती नदीमै बगेर भारत सैदानपुर उत्तरप्रदेशका २४ वर्षीय विनोदकुमार बेपत्ता भएका छन् । उनी क्रसर अपरेटरका रुपमा दीपायलमा काम गरिरहेका थिए । सतना गेल्पा प्रालिले निर्माण गरिरहेकोे एयरपोर्ट स्तरोन्नति ठेक्कामा विनोद कार्यरत रहेको इप्रका दीपायलले जनाएको छ ।

त्यसैगरी मङ्गलबार दीपायलस्थित बाइसधारा क्षेत्रमा नुहाउने क्रममा अत्तरिया नपा–१३ का प्रेम बोहराका १७ वर्षीय छोरा निराजन बोहरा बेपत्ता भएका हुन् । उनी दीपायल सिलगढी नपा–४ एयपोर्टमा रहेका दिदीको घरमा भेटघाटका लागि आएका थिए । दिउँसो करिब २ः३० बजेतिर उनी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दीपायलका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिनुभयो ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०२:४३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...