back

सेती नदीमा दुई बेपत्ता

वि.सं.२०७३ चैत १७ बिहीवार

555 

shares

१७ चैत, डोटी । सेती नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । मंगलबार र बुधबार गरी दुई जना बेपत्ता भएका हुन् । बुधबार दिउँसो नुहाउने क्रममा शिखर नपा–१ गेरुपानी भन्ने ठाउँबाट सेती नदीमै बगेर भारत सैदानपुर उत्तरप्रदेशका २४ वर्षीय विनोदकुमार बेपत्ता भएका छन् । उनी क्रसर अपरेटरका रुपमा दीपायलमा काम गरिरहेका थिए । सतना गेल्पा प्रालिले निर्माण गरिरहेकोे एयरपोर्ट स्तरोन्नति ठेक्कामा विनोद कार्यरत रहेको इप्रका दीपायलले जनाएको छ ।

त्यसैगरी मङ्गलबार दीपायलस्थित बाइसधारा क्षेत्रमा नुहाउने क्रममा अत्तरिया नपा–१३ का प्रेम बोहराका १७ वर्षीय छोरा निराजन बोहरा बेपत्ता भएका हुन् । उनी दीपायल सिलगढी नपा–४ एयपोर्टमा रहेका दिदीको घरमा भेटघाटका लागि आएका थिए । दिउँसो करिब २ः३० बजेतिर उनी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दीपायलका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिनुभयो ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०२:४३ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...