back
CTIZAN AD

आममाफीमा स्वदेश फर्कन चाहनेलाई मञ्चले सघाउँदै

वि.सं.२०७३ चैत १६ बुधवार

933 

shares

nepali-sajha-manch

“देशका लागि केहि त गरौ”  भन्ने उद्देश्यका साथ साउदीमा गठन गरिएको नेपाली साझा मंच साउदी अरबले साउदी सरकारले घोषणा गरेको आममाफीको सुदपयोग गर्दै स्वदेश फर्कन ईच्छुक नेपालीहरुका लागि सेवा प्रारम्भ गरेको छ । मञ्चले नेपालीहरुलाई सहजताका साथ नेपाल फर्काउन सहयोग गर्न अनलाईन र सेवा केन्द्र स्थापना गरेर प्रारम्भ गरेको बताएको छ ।

सहयोगका लागि जुबैलस्थित एभरेष्ट होटलको छेऊमा रहेको हेमचन्द्र थापा (मन्त्री) जीको सप्लाई कार्यालयमा सम्पर्क कार्यालय राखिएको  मञ्चले जनाएको छ । मंचका सदस्य, अवैतनिक प्रतिनिधि र स्वयंसेवकहरुबाट पनि सहयोग लिन सकिने बताइएको छ ।

अनलाईन सेवा दिनका लागि अनलाइन सेवा समिति बनाइएको छ । जस अनुसार गैरकानुनी रुपमा रहेका नेपालीहरुको अकमाको अवस्था र हुरुपको बारेमा जानकारी दिने एवं स्वदेश फर्कन अनलाईन निवेदन गर्ने लगायतका लागि अकल प्रधानको संयोजकत्वमा अनलाईन सेवा समिति गठन गरेको छ।  समितिले साउदी अरबका विभिन्न शहरमा आफ्नो सम्पर्क कार्यालय खोलेर सेवा उपलब्ध गराउने बताइएको  छ।

अनलाइन सेवा लिनका लागि निम्न व्यक्तिहरुबाट सहयोग लिन सकिने बताइएको छ ।
अनलाईन सेवा समिति
संयोजक : 
अकल प्रधान: 0590426094 Akal Pradhan
सदस्यहरु
नितेश निरौलाः 0535742816
साउदी अरब जुबेल वल पान्डा Nitesh Niraula
राज प्रधानः 0571426896
साउदी अरब रियाद हायाल मरूज
करण लामा : 0580015579
साउदी अरब जुबेल
ईन्ताज अन्सारी : 0595460966
साउदी अरब दम्माम एयरर्पोट
विदुर पौडेल : 0564756977
अन्तर्राष्ट्रिय अभियंता Bidur Poudel

नेपाली साझा मंच सम्बध्द अवैतनिक प्रतिनिधिहरु :
रामकृष्ण घिमिरे : 0596363362
मुस्ताक मदनी : 0551875320
श्री कृष्ण श्रेष्ठ : 054 3611885 श्री कृष्ण श्रेष्ठ
देवेन्द्र सुवेदी : 0593164687
तेजुकुमार श्रेष्ठ : 0591694366
दिपेन्द्र खड्का : 0594031900
विष्णु घिमिरे : 0595803100
महेश श्रेष्ठ : 0592210509

जुबैल सेवा केन्द्रको सम्पर्क:
टेकबहादुर तामाङ : 058 092 9552
(एभरेष्ट होटलसंगै बाँया तर्फको कार्यालय)

साउदी सरकारले गैरकानुनी रुपमा बसेका विदेशी कामदारहरुलाई देश छाड्न भन्दै आममाफीको अवसर दिएको छ । कम्पनी/मालिकले अकमा नबनाइदिएको, अकमा रिन्यु नगरिदिएको, हुरुप लगाइदिएको, साउदीको भिषा अवधि सकिएको, श्रम कानुन उल्लंघन भई अवैधानिक ठहर भएकाहरुलाई २९ मार्च देखि ३ महिनासम्मको समय दिएर स्वदेश फर्कन पाउने गरी आममाफीको अवसर दिएको छ । साउदी सरकारले दिएको आममाफीको अवसरको फाइदा उठाउन अनुरोध गर्दै फर्कन चाहनेका लागि आवश्यक सहयोग गर्न यस्तो सेवा सुरु गरेको मञ्चले बताएको छ  ।

यसैबीच मञ्चले कुवैत, दुबई लगायतका मुलुकमा लाने भनेर साउदीमा बेचिएका महिलाहरुलाई मुक्त गराउने अभियान संचालन गर्न लागेको बताइएको छ । मञ्चका आईसीसी संयोजक महेश श्रेष्ठले नेपालको केन्द्रिय कार्यालय र साउदी अरबबाट नेपाली साझा मंचले तयारी गर्दै रहेको जानकारी दिएका छन् । पीडित महिलाहरुको उद्धारमा अभियानलाई सघाउन सबैपक्षसँग अनुरोध समेत गरिएको छ ।

स्मरण रहोस् मञ्चले साउदीमा अलपत्र परेका नेपालीको उद्धार गर्नुका साथै नेपालमा पनि विभिन्न सेवामुलक काम गर्दै आएको छ ।

 

वि.सं.२०७३ चैत १६ बुधवार १०:५७ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...