काठमाडौं । नेपाली कांग्रसले समानुपातिक उम्मेदवारको संशोधित नामावली समर्वजनिक गरेको छ ।
सो पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीको संशोधित सूची अनुसार प्रधानमन्त्री पत्नी आराजु देउवा राणाको नाम तेस्रो नम्बरमा रहेको छ ।
त्यसैगरी महिलातर्फको सूचीमा पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत, दोस्रो नम्बरमा झापाकी सरिता प्रसाई र तेस्रो नम्बरमा प्रधानमन्त्री पत्नी आरजु देउवाको नाम समावेश छ ।
त्यसैगरी गुहमन्त्री बालकृष्ण खाँड पत्नी मन्जु खाँडको नाम छैटौं नम्बरमा रहेको छ ।
कांग्रेसले लामो समयको छलफलपछि समानुपातिक उम्मेदवारको अन्तिम टुंगो लगाएर असोज १६ गते निर्वाचन आयोगमा संशोधित नामावलीको सूची बुझाएको थियो । उक्त नामावली अनुसार समानुपातिक पुरुषतर्फको पहिलो नम्बरमा पार्टी प्रवक्ता प्रकाशसरण महतको नाम पहिलो नम्बरमा रहेको छ भने अर्घाखाँचीका बालकृष्ण पाण्डेको नाम पनि ११ औं नम्बरमा रहेको छ ।
वि.सं.२०७९ असोज १९ बुधवार ११:५५ मा प्रकाशित