back
CTIZAN AD

करेन्ट लागेर दुई बालिका गम्भीर घाइते

वि.सं.२०७३ चैत १७ बिहीवार

1K 

shares

१७ चैत, गौशाला । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिका–३ धीरापुर गाउँमा बुधबार करेन्ट लागेर दुई बालिका गम्भीर रुपमा घाइते भएका छन् ।

घाइते हुनेमा धीरापुर बस्ने मदन रायकी १२ वर्षीया छोरी मुस्कान राय र भुवनेश्वर रायकी छोरी १४ वर्षीया निशा राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै बालिका घर नजिकै रहेको बिग्ही नदीको पुलमाथि घुम्न जाँदा पुलमै मात्र छ फिट माथि बाँसको टुप्पोमा अड्याएर राखिएको ११ हजार भोल्टको करेन्टसहितको तारबाट उनीहरुलाई करेन्ट लागेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

दुवै बालिकालाई परिवारजनले अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचार गराएर विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०३:१० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...