back
CTIZAN AD

ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु ,एक घाइते

वि.सं.२०७३ चैत १७ बिहीवार

738 

shares

१७ चैत,रत्ननगर (चितवन) । चितवनको भरतपुर ओरालोमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नंको ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी पश्चिम चितवनको गुञ्जानगरकी ६५ वर्षीया निर्माया श्रेष्ठ र चितवन पदमपुरकी ४० वर्षीय ललिता श्रेष्ठको मृत्यु भएको चितवनका प्रहरीनायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्मायाको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको हो भने ललिताको कजेलमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो । घाइते चितवन भरतपुरकी सूर्यकुमारी श्रेष्ठको सोही कलेजमा उपचार भइरहेको र साँझ ५ः१५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालकसमेत घाइते रहेको उनी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०३:१३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...