back
CTIZAN AD

सुनसरीमा खाद्य सुरक्षाको अवस्था राम्रो

वि.सं.२०७३ चैत १७ बिहीवार

669 

shares

१७ चैत, इनरुवा । सुनसरीमा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण प्रतिवेदनले देखाएको छ । यहाँ वार्षिक करिब ६ अर्बको खाद्य वस्तु उत्पादन भइरहेको जनाइएको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको छ । जिल्लामा धान, गहँु, दलहन र तेलहन बाली गरी खाद्यान्नमा जिल्लाको समग्र अवस्था सकारात्मक रहेको कार्यालय जनाएको छ । यहाँ वार्षिक उत्पादन बढेकाले खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो ।

जिल्लामा खाद्य सुरक्षाको अवस्था विश्लेषण प्रतिवेदनअनुसार वार्षिक रुपमा करिब रु ६ अर्ब बराबरका खाद्यान्न तथा पशुजन्य पदार्थको उत्पादन र कारोबार भइरहेको छ । जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण दोस्रो चौमासिक फागुनसम्मकोे तथ्याङ्कअनुसार धान, हिउँदे तरकारी, तोरी, आलु, उखु, केरा र माछाबाट करिब रु तीन अर्ब २५ करोड १३ लाख बराबरको आम्दानी किसानले गरेका छन् ।

त्यसैगरी, पशु र पशुजन्य पदार्थ मासु, दूध र अन्डाबाट करिब रु दुई अर्ब ३४ करोड १९ लाख आम्दानी भएकोे प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा ६ अर्बको हाराहारीमा खेतबारी र पशुपालनबाट आम्दानी भइरहेको छ भने वैदेशिक रोजगारबाट गत चार महिनाका अवधिमा रु ६ अर्ब ४४ करोड भित्रिएको छ ।

जिल्लामा प्रत्येक गाउँपालिका र नगरपालिकामा गरिएको सर्वेक्षणअनुसार ८० प्रतिशत घरधुरीका लागि वर्षभरि खान पुग्ने र २० प्रतिशतको अवस्था सामान्य रहेको देखिएको छ ।

यहाँ ८० प्रतिशत घरधुरीमा खाद्यान्न उपभोगको न्यूनतम आवश्यकता पूरा गर्नका लागि सक्षम रहेको समितिका संयोजक एवम् प्रजिअ गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको भए पनि सन्तुलित खानाको अभावमा २.७ प्रतिशत बालबालिका कुपोषित रहेको समितिका सदस्य एवम् जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिनुभयो । रासस
––––––

वि.सं.२०७३ चैत १७ बिहीवार ०३:१८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...