back
CTIZAN AD

गठबन्धनको साथ पाएका घनश्यामलाई चुनाव जित्न कति सहज ?

वि.सं.२०७९ असोज २४ सोमवार

993 

shares

काठमाडौं । रुपन्देही–१ मा नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसाल र वर्तमान सचिव छबिलाल विश्वकर्माबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनले सघाउने छ भने एमाले सचिव विश्वकर्मालाई राप्रपा र जसपाको समर्थन छ ।

हिजोका सहकर्मी र एमाले पृष्ठभूमिका नेताबीचको प्रतिस्पर्धा रोचक रुपमा हेरिएको छ । दुवैले आफुँले जित्ने दाबी गरेका छन् । भुसालले सांगठनिक रुपमा आफ्नो पकड भएको दाबी गरेका छन् भने विश्वकर्माले सिंगो एमाले आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

एमाले सचिव विश्वकर्माले सोही क्षेत्रबाटै २०७४ को निर्वाचन जितेका थिए । उनले २०७४ देखि आफुँले उक्त क्षेत्रलाई आधार बनाएर काम गरेको कारण आगामी निर्वाचन आफ्नो पक्षमा पर्ने दाबी गर्दै आएका छन् ।

यता भुसाल भने २०७४ को निर्वाचनमा रुपन्देही–३ बाट विजयी भएका थिए । उनले अहिले चुनावी क्षेत्र परिवर्तन गरेका हुन् । तथापी रुपन्देही–३ भन्दा १ मा आफ्नो पक्षमा माहोल रहेको भुसालको बुझाई छ । सिंगो गठबन्धन र विभाजित एमालेको ठूलो पंक्ति आफ्नो पक्षमा उभिएको भुसालको दाबी छ । गठबन्धनमा भागवण्डा गर्दा आफ्नो भागमा परेको माओवादीले भुसाललाई पूर्णं समर्थन गरेको छ । माओवादीले भुसाललाई समर्थन गर्दै उम्मेदवारी नै दिएको छैन ।

मतको लेखाजोखा गर्दा को बलियो ?

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–१ मा एमाले सचिव छबिलाल विश्वकर्मा झण्डै ८ हजार मत बढीले विजयी भएका थिए । ३४ हजार १५१ मत ल्याएर विश्वकर्मा विजयी हुँदा कांग्रेसले अब्दुल रज्जाकले २६ हजार ७ सय ७१ मत ल्याएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई हेर्दा एमाले बलियो देखिन्छ । तर, पछिल्लो स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा रुपन्देही १ मा कांग्रेस सबैभन्दा बलियो छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२ हजार ९९९ मत पाएको थियो भने एमालेले ३० हजार ३९४ मत पाएको थियो । सो क्षेत्रमा राप्रपा तेस्रो शक्तिको रुपमा देखिएको छ । राप्रपाले १४ हजार ५५२ मत पाएको छ । त्यसैगरि जसपाले ६ हजार ६९५, माओवादी केन्द्रले ४ हजार २०२, नेकपा एसले १ हजार २४३ र लोसपाले ३२५ मत पाएका छन् ।

भुसालको उम्मेदवारीसँगै रुपन्देही–१ मा एमालेको मत विभाजन हुन्छ । एमालेको मत भुसालले बढी तान्छन् वा विश्वकर्माले भन्ने यकिन छैन तथापी भुसालको पक्षको गठबन्धनको भने मत आउनेछ । भुसाललाई विभाजित एमाले र सत्ता गठबन्धनको मत प्राप्त हुनेछ ।

तर, रुपन्देही–१ मा एमाले उम्मेदवारलाई राप्रपा र जसपाले सघाएको कारण कसको पक्षमा कति मत हुन्छ यकिनपूर्वक भन्न सकिन्न । तथापी मतको हिसाबले एमालेका उम्मेदवारभन्दा विद्रोही भुसाललाई सहज हुने देखिन्छ ।

वि.सं.२०७९ असोज २४ सोमवार १३:०४ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...