back
CTIZAN AD

शीर्ष नेतालाई स्वतन्त्रको चुनौति, कहाँ कस्तो छ अवस्था ?

वि.सं.२०७९ असोज २४ सोमवार

1K 

shares

काठमाडौं । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरुसँग भिड्न स्वतन्त्र उम्मेदवारहरुको लर्को नै देखिएको छ । शीर्ष नेताहरुले उम्मेदवारी दर्ता गराएका क्षेत्रमा स्वतन्त्रहरुको पनि उल्लेखनीय उम्मेदवारी परेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । देउवा उम्मेदवार बनेको डडेल्धुरामा सागर ढकाल, दानबहादुर पाल, कर्णसिंह रावल, विक्रमबहादुर शाही र लालबहादुर कठायतको उम्मेदवारी परेको छ ।

यता, एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेको झापा–५ मा स्वतन्त्र उम्मेदवारको ओइरो छ । एमाले अध्यक्ष ओली उम्मेदवार बनेको झापा–५ मा १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

झापा–५ मा शान्ता अधिकारी, केदारनाथ चापागाई, दिपककुमार पाठक, रेवतीरमण खनाल, तिर्थेश्‍वर चौधरी, विष्णुप्रसाद सिग्देल, तुलसीराम काफ्ले, सिताराम पोख्रेल, कल्पना लावती, भेषराज भट्टराई, रामचन्द्र बानिया, रोहितप्रसाद पौड्याल, सुलोचना राजवंशी र इन्द्रमणि दाहालले उम्मेदवारी दिएका छन् ।

अन्तिम समय निर्वाचन क्षेत्र परिवर्तन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको गोरखा–२ मा पनि स्वतन्त्रको राम्रै उपस्थिति देखिएको छ । प्रचण्डलाई पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको चुनौति बढी भएको स्थानीयले बताएका छन् । गोरखा–२ मा विनोदकुमार गुरुङ, डा. माधवी पराजुली र गणेश देवकोटाले उम्मेदवारी दिएका छन् ।

यता, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार भएको रौतहट–१ मा स्वतन्त्र उम्मेदवारको ताँती देखिएको छ । रौटहट–१ मा राहुलकुमार मिश्र, कोशिला देवी, अवधेशकुमार ठाकुर, चन्दनकुमार जयसवाल, मोहम्मद जियाउल हक, रामअधार महतो कोईरी, रेवन्त झा, रामबलिकुमार यादव र अनिलकुमार लाल दास रहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर उम्मेदवार भएको महोत्तरी–३ मा पनि झण्डै दर्जन जति स्वतन्त्रले उम्मेदवारी दिएका छन् । महोत्तरी–३ मा मंगलदेव ठाकुर, युसुफ साफी, शरतचन्द्र मिश्र, प्रदीपकुमार यादव, राम आधार कापर, रामबाबु सिंह, विनयकुमार यादव, इन्‍द्रजितकुमार यादव, शंकरप्रसाद कापर, सरविन्द्र यादव र कुलभूषणशेखर शर्मा छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दलगत उम्मेदवार भन्दा स्वतन्त्रको डर बढी छ । उनले उम्मेदवारी दिएको सप्तरी–२ मा पनि ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यादवलाई चित्तनारायण यादव, वीरेन्द्रकुमार मिश्र, महेन्द्रप्रसाद देव र विनोदकुमार यादवले चुनौति दिएका छन् ।

वि.सं.२०७९ असोज २४ सोमवार १६:२१ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...