back
CTIZAN AD

नेपालमा नयाँ पठनपाठन सुरु

वि.सं.२०७३ चैत १७ बिहीवार

912 

shares

१७ चैत,काठमाडौँ  । पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक तहमा कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इञ्जिनियरिङ र विजनेस एड्मिनिस्ट्रेसन विषयको अध्यापन सुरु गरेको छ ।

बेलायतको प्रसिद्ध विश्वविद्यालय युनिभर्सिटी अफ बेडफोर्डसायरबाट सम्बन्धन लिएर उक्त कलेजले यसै शैक्षिकसत्रबाट ती विषयका पठनपाठन सुरु गरेको हो । एक सय ३० वर्ष पुरानो सो विश्वविद्यालय विश्वको उत्कृष्ट आठ सय विश्वविद्यालयअन्तर्गत पर्छ ।

कलेजले ती विषयका पठनपाठन बारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवर्षे अध्ययन अवधि रहेको ती विषयमा विद्यार्थीको अध्ययन अवधि ३६० क्रेडिट आवर रहेको र सो कार्यक्रम पूरा गर्नका लागि रु १० लाख शुल्क लाग्नेछ ।

सूचना प्रविधिमा आधारित रही पठनपाठन हुने ती विषयका विद्यार्थीले चाहेको खण्डमा पहिलो वर्ष नेपालमा र बाँकी दुई वर्ष बेलायमै गई अध्ययनसमेत गर्न सकिने व्यवस्था भएको कलेजका अध्यक्ष पङ्कज जालानले जानकारी दिनुभयो ।

उहाँले कजेलमा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीका लागि रोजगारीका अवसर वा आफँै व्यवसाय गर्न विशेष परामर्शको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसायबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीले छ महिनामै रोजगारी सुरु गर्र्नेे गर्छन् ।

कलेजका प्राज्ञिक निर्देशक डा राजिव क्षेत्रीले विश्वविद्यालयको सो कार्यक्रम सञ्चालन गर्ने आफ्नो कलेज पहिलो भएको जानकारी दिँदै सो कार्यक्रम चीन, युरोप, दक्षिणपूर्र्वी एसियाका देशमा सञ्चालनमा रहेको छ भन्नुभयो ।

कलेजका व्यवस्थापक योगेश क्षेत्रीले कलेजमा प्राज्ञिकबाहेक विद्यार्थीका व्यक्तित्व विकास गर्न लर्निङ जोन, प्रोजेक्ट रुमलगायतको व्यवस्था गरिएको र बेलायत अध्ययन गरी फर्किएका अनुभवी व्यक्तिले अध्ययन गराउने जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ चैत १७ बिहीवार १३:०३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...