back
CTIZAN AD

म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या पाँच हजार

वि.सं.२०७३ चैत १७ बिहीवार

930 

shares

१७ चैत,काँकडभिट्टा (झापा)  । जिल्ला प्रहरी कार्यालय, झापामा म्यादी प्रहरीमा भर्ना हुन पाँच हजार २०१ जनाले आवेदन भरेका छन् ।

सरकारले आगामी वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बुधबारसम्ममा पाँच हजार २०१ जनाले भर्ना आवेदन दिएका हुन् ।

जिल्लामा तोकिएको २८३ वटा मतदान केन्द्रमा करिब एक हजार म्यादी प्रहरीको आवश्यकता रहे पनि आवेदन दिनेको सङ्ख्या आज बेलुकासम्ममा सात हजार पुग्ने जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक (एसपी) शैलेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार आवेदन दिने आज अन्तिम दिन हो । शनिबारदेखि छनोट परीक्षा सुरु हुनेछ । रासस

वि.सं.२०७३ चैत १७ बिहीवार १३:०८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...