काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रचार–प्रसार सम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई रु ५० हजार पुरस्कार दिने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रायोजनको लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो बनाएर पठाउने मध्ये उत्कृष्ट ५ भिडियोलाई जनही ५०/५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
आयोगले यहि कात्तिक ५ देखि १५ गतेसम्म उक्त भिडियो आयोगको इमेल ठेगाना तष्पतयप२भअल।नयख।लउ मा पठाउन अनुरोध गरेको छ ।
‘प्राप्तमध्ये उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गरिनेछ । आयोगद्धारा जारी सूचनामा भनिएको छ ।
यी हुन् आयोगका शर्तहरू
१. भिडियो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।
२. भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
३. भिडियो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता जागरणा हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।
४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
५. कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटा सम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको पाँचवटा सम्म भिडियो स्वीकार गरिनेछ ।
६. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यबाट प्रचार प्रसार र प्रशारणको निम्ति उपयोग गर्नेछ ।
७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।
८. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट
गरिनेछ ।
९. उत्कृष्ट भिडियोहरू मध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००।– (पचास हजार) पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ ।
१०. भिडियो २० सेकेण्ड देखि १ मिनेट सम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटिक निर्माणगर्न सकिनेछ ।
वि.सं.२०७९ कात्तिक ६ आइतवार १४:४६ मा प्रकाशित






























