back
CTIZAN AD

राजु लामासँगै नाचे भर्जिनियाका नेपाली

वि.सं.२०७९ कात्तिक ६ आइतवार

828 

shares

विजय थापा । अमेरिकाको भर्जिनियास्थित डिसी महानगर क्षेत्रमा सम्पन्न सांगितीक कार्यक्रममा मंगोलियन हर्टका राजु लामाले त्यहाँका नेपालीलाई नचाएका छन् ।

गत अक्टोबर २१ शुक्रबार अमेरिकाको डिसी महानर क्षेत्रको मनासस शहरमा आयोजना गरिएको कार्यक्रममा उनको प्रस्तुति हेर्न अन्य राज्यहरुबाट पनि उनका प्रशंसकहरु भर्जिनिया आएका थिए ।

डिसी क्षेत्रमा स्थापित तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा भ्वाइस अफ नेपालका निर्णायक तथा सगरमाथा समेत आरोहण गरि फर्केका लामाले आफ्ना कालजयी चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।
लामाले कार्यक्रममा आधादर्जन भन्दा चर्चित गीत लगायत केही नयाँ गीतहरु प्रस्तुत गरेका थिए । सुरुवातीमा ‘मेरो नेपाल–मेरो नेपाल गीत’बाट सुरु गर्दै नेपाली झन्डा फरफराउदै मंचमा पुग्दा दर्शकहरुले उनलाई भब्य स्वागत गरेका थिए ।

उनि मंच प्रवेश गर्नासाथ प्रतिक्षारत दर्शकले मनपर्ने गीतहरु गाउन फर्माइस गरेका थिए । उनले गीत गाउदै मंच तल झरेर दर्शकसंग हात मिलाउनुको साथै आफ्ना प्रशंसकसंग स्वयमको तस्बिर सहित् खिचेका थिए ।
कार्यक्रममा लामाले सगरमाथा आरोहणको चर्चा गर्दै सबैको आशिर्वाद र आत्मविश्वसका कारण सहि सलामत फर्केर आउन सफल भएको बताए । ‘सानो गल्तिले पनि मानिसको ज्यान जाने हुन्छ । फर्केर तपाईहरुको समक्ष पुनः आएको छु ।’ लामाले भने ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेको बताउदै दर्शकलाई एउटा बिरुवा रोप्न आग्रह गरे । अभियानमा समर्थन गर्न चाहनेले गर्न सक्ने बताए । राजु लामाले भ्वाईस अफ नेपालमा नयाँ कलाकारहरुलाई हौशला प्रदान गर्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रम मनासस शहरस्थित सल्सबरी केन्द्रमा आयोजना भएको थियो । उनको प्रस्तुति अगाडी एन्जल्स ब्याण्ड (संगीत मण्डली) का राजु लामा लगायत टोली, पिएमएसटी, राजु लामा (एन्जल्स) रजल लामा, प्रनिमा आचार्य लगायतले समेत कम्तिमा २–३ वटा गीतहरु प्रस्तुत गरेका थिए । मंगोलियन हर्टका राजु लामाले एन्जल्स ब्याण्डका राजु लामाको गीत २–३ हरफ गाएका थिए । उनले मुक्त कण्ठले एन्जल्स ब्याण्डका राजु लामाको प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनका महासचिव रोजी तामाङ्ग घिसिङ्गले छोटोमा स्वागत मन्तब्य राखेकी थिइन् । चर्चित कार्यक्रम प्रस्तोता सरोज केसीले राजु लामाको सगरमाथा आरोहण, गिनिज विश्व रेकर्ड्स र गायनको प्रारम्भ र उनले प्राप्त गरेका उपलब्धिहरुको समेत परिचय दिएका थिए ।

 

 

 

वि.सं.२०७९ कात्तिक ६ आइतवार १४:२२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...