फर्शुराम भुर्तेल । अमेरिकामा उनी दैनिक १५ घण्टा काम गर्छन । ब्यबशाय सम्हाल्छन् । तिसौ जनालाई रोजगारी पनि दिएकै छन् तर उनलाई जतिबेला पनि गाउकै मायाले पोल्छ । उनलाई आफनै ठाउको पिरलो परिरहन्छ । उनको यो पीरलो अहिले हठात होई्न, बच्चाकालदेखीकै हो । झिल्के जिम्वुवाल भनेर नाम कमाएका उनका बा दल बहादुर श्रेष्ठ र दाईहरुको सामाजिक भावना तथा उत्प्रेरणा उनको जीवनको मार्गनिर्देशक सिद्धान्त बन्यो ।
त्यसो त उनी एसएलसी गरेपछि काठमाडौ आएर आईएल पढन थाले । नीजामतिको सरकारी जागीर पनि खाए । उनको समाजसेवी भावनाले उनलाई त्यहां बांधेन । उनी अइयो सर्कल नामक जापानी परीयोजना मार्फत सहयोग जुटाएर गाउ फर्के । यो क्रम कैयौ बर्ष चलिरहेकै बेला उनी अमेरीका गए । अमेरिकामा पनि उनी लायन्स क्लवहरुलाई परिचालन गरी सहयोग जुटाउदै नेपाल पठाए । तत्कालीन जनसेवा संस्कृत मावि, उच्च मावि र त्यसपछि हुवास बहुमुखि क्याम्पसका लागी उनले अहिलेसम्म करोडौको श्रोत साधन जुटाएका छन् ।
त्यो बिद्यालयबाट पढेर संसारका बिभिन्न देशमा भएकाहरुको संख्या पनि उल्लेखनीय नै छ । उनको जांगरले सवैलाई प्रभावित बनाएको छ । गाउँठाउँको लागि केहि गर्नुपर्छ भन्ने भावना संप्रेषण गरेको छ । त्यतिमात्र होइन, उनका काम र नियमित कदमले नेपालमै रहेका गाउँवासीलाई पनि घच्घच्याएको छ । उनी थाकेका छैनन, नथाकेको पछिल्लो उदाहरण हो, उनले महायज्ञमा बोलेर पनि नउठेको रकमका लागि उनले दाता महानुभावलाई सुनाईरहेका छन् । उनको आशय जतिसक्दो छिटो रकम उठाउने र नपुग रकमलाई फेरि प्रस्ताव र योजनाहरु बनाउने नै देखिएको छ ।
२३ बर्ष अगाडी अमेरिका गएका र हाल न्यूजर्सीमा ब्यवसाय संचालन गरेका उनले क्याम्पसमा बिद्यार्थी आकर्षित गर्न बिभिन्न प्रकारका छात्रवृति पनि घोषणा र प्रदान गरीरहेका छन् । उनी अर्थात् राजेन्द्र अन्जनासंगै यो अभियानमा हिमाल भटराई, अनील किशोर न्यौपाने, गोपी भुसाल, सरोज श्रेष्ठ लगायत जोडिईसकेका छन् ।
तिहार लगत्तै अर्को सूचि सार्वजनिक हुने
समाजसेवी राजेन्द्र श्रेष्ठले हुवास बहुमुखि क्याम्पसका लागि महायज्ञमा बोलेको रकम बिर्सेर पैसो तिर्न नसकेकाहरुलाई स्मरण हुनेगरी अर्को सूचि सार्वजनिक गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘पर्खँदा पर्खंदै दसैं पनि गैसक्यो, अब हामी सबैजना तिहारको रमझममा ब्यस्त हुन लागिसक्यौं र यही हाम्रो ठूलो चाडपर्वको कारणले गर्दा हाम्रा धेरै चन्दादाताहरुले अहिलेको लागि चाडपर्वको अवधिभर पर्खिदिनुर्पयो भन्ने अनुरोध गर्नु भएको हुनाले उहाँहरुको अनुरोधलाई स्विकार गरी बोलकबोलको रकम उठाउने अभियानलाइ तिहारसम्म स्थगित गरेका छौं र सोही अनुसार रकम बुझाउनु हुन बाँकी हुनुहुने चन्दादाताहरुको नामावली सार्वजनिक गर्ने कामलाई पनि तिहार पछि तुरुन्तै सुरु हुने छ । तै पनि दशै तिहार चाडपर्वको बिचमा धेरै जना महानुभावहरुले आफुले बोलेको रकम बुझाउन आउनु भएको छ भने कतिपयले क्याम्पसको खातामा सिधै जम्मा गरिदिन भएको छ र ज–जसले आफुखुशी बुझाउनु भएको छ, उहाँहरु सबैलाई क्याम्पस र मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र अन्य महानुभवहरुले तिहार अगावै वा लगत्तै पछी तुरुन्त क्याम्पस प्रशासनमा संपर्क राखी रकम दाखिला गरिदिनु हुन हार्दिक अनुरोध पनि गर्दछु ।’
प्रत्यक्ष वा फेसबुकमार्फत रकम उठाउन प्रयास गरेको लगभग साढे दुई महिना भएको र यसबिचमा आफुहरुले निकै नै रकम उठाउन सफल भैसकेको बताएका छन् ।
‘मलाई लाग्छ, हामी सबैबाट यस्तै किसिमको सहयोग प्राप्त भएमा बाँकी रकम पनि सजिलै उठ्नेछ र उठाउन सकिनेछ ।’ श्रेष्ठले भनेका छन् ।
उनले चन्दादातालाई आश्वस्त पार्दै भनेका छन् ‘हाम्रा चन्दादाताज्यूहरु, अब देखी तपाईंहरुले चन्दाको नाममा क्याम्पसको लागि दिनुभएको रकमबाट एकपैसा पनि दुरुपयोग भएको सुन्न पाउनुहुने छैन र सम्पूर्ण रकमको एक÷एक हिसाब किताब देख्न सक्नुहुनेछ तसर्थ, यो पवित्र शिक्षाको मन्दिरको लागि आ–आफ्नो ठाउबाट अपनत्व लिने प्रयास गरौं ।’
यस्तो छ हालै उठेको विवरण


वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:२० मा प्रकाशित






























