back
CTIZAN AD

डा. कैनीका एकसाथ पाँच कृति सार्वजनिक

वि.सं.२०७९ कात्तिक ६ आइतवार

642 

shares

काठमाडौं । साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति एकसाथ विमोचन गरिएको छ ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत रहेका डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ शनिबार बिमोचन गरिएको हो ।

उक्त कृति विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा अभि सुवेदीले डा कैनीका कृतिले नेपाली साहित्य जगतमा नयाँ इँटा थपिएको बताउँदै हरेक कृतिमा जीवनलाई सहज ढङ्गले लेखेको तथा फराकिलो क्यानभासलाई छोटकरीमा लेखिएको बताए ।

सोहि कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले एकैपटक धेरै कृति ल्याउनु नेपाली साहित्य जगतमा उल्लेखनीय कार्य भएको बताए । डा. कोइरालाले लेखक डा कैनीलाई थप कृति लेखनका लागि शुभकामना दिएका थिए ।
त्यस्तै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले ‘अदृश्य मनका सादृश्यहरु’ निबन्ध सङ्ग्रहबारे चर्चा गर्दै डा कैनीले मनका कुरा निबन्धमार्फत प्रस्तुत गरेको बताउँदै कृतिले लेखकलाई सँधैभर अमर राखेको बताए ।

कार्यक्रममा साहित्यकार प्रभा कैनी, आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धीका अध्यक्ष डा सुदिप श्रेष्ठलगायतले अस्पताल व्यवस्थापनमा विज्ञता हासिल गरेका डा कैनीले अस्पताल व्यवस्थापनका बाबजुद साहित्यमा पनि अब्बलरुपमा कलम चलाएको भन्दै प्रंसंसा गरेका थिए ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:५४ मा प्रकाशित

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...