back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ साउन २ शनिवार

492 

shares

शिवहरि खनाल,धादिङ

१)
असार सकियो आज
साउने संक्रान्ति आयाे
हरियाली हाम्रो माझ।

२)
लुताे फाल्ने हाम्राे
बल्छ राँकाे आँगनमा
झिल्का हेर्न राम्रो।

३)
परम्परा जाेगाउँदै सारा
झिल्का बनी चम्किरहून्
संस्कृति यी हाम्रा।

४)
असारकाे अन्तिम घाम
सुक्याे खेत सङ्क्रान्तिमा
आकाशमै बिलाए राम।

५)
सुख्खा भाे गाजल
आकाश हेरी किसानको
लागेन कहिल्यै बादल।

६)
आँखामा आशाका झिल्का
बादल आइदिए हुन्थ्याे
बर्सिन्थे पानीका छिल्का।

७)
असार पन्ध्र सकियाे
हिलाेमा आँखा लाएर
श्रमले फतक्क गलियाे।

८)
चिन्ताले पिराेल्छ मन
हुनेखाने त रमाए
दुखित छन् दुखिजन।

९)
बादल हटेर घाम
मनै फुरुङ्ग भयाे
सुन्दर बनाउने काम।

१०)
आकाशबाट झर्‍यो पानी
हावा चल्याे हल्का
सफल भयो जिन्दगानी।

वि.सं.२०८३ साउन २ शनिवार ११:३६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...