back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन २ शनिवार

480 

shares

बीके मुखिया,दार्जीलिङ

हुन्छ यो देहको अन्त भर छैन
एकदिन फूलझैँ झर्छ डर छैन

शास्त्र पढ्ने कसैको रहर छैन
आज विद्वान्‌हरू को कदर छैन

धाक पिट्दै हिँडेको छ अज्ञानी
मूर्खको जनहितैषी नजर छैन

छैन कोही धरामा अमर चोला
कुन समय हर्छ जीवन खबर छैन

जिन्दगी हो सफर छैन चौतारी
लक्ष्य टाढा रह्यो हमसफर छैन

बहर : मुतदारिक मक्‍तुअ
अर्कान : फाइलुन्‌ फाइलुन्‌ फाइलुन् फैलुन्
वजन : २१२- २१२ ‌-२१२ -२२
काफिया : अर
रदिफ : छैन
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ साउन २ शनिवार १०:२२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...