back
CTIZAN AD

नदीनाला बेहुलीझैँ सिङ्गारिए

वि.सं.२०७९ कात्तिक १३ आइतवार

843 

shares

झापा । झापाका नदीनाला नयाँ बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका हुन् ।

जिल्लाका ठूला नदी मेची, कनकाइ माई, विरिङ्ग, रतुवा, निन्दा, मावोलगायतमा पूजाका लागि १० हजार बढी पूजास्थल (घाट) निर्माण गरिएको छ । हरेक नदीनालामा घाट व्यवस्थापन, बिजुली बत्ती जडान, पण्डाल निर्माण र सरसफाइलगायतका काम पूरा भएका छन् ।

नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुर–५ स्थित मेची नदी किनारमा प्रदेश नं १ कै सबैभन्दा ठूलो छठ पर्व हुने गरेको छ । जसलाई व्यवस्थित, भव्य र सभ्यरूपमा सम्पन्न गर्नका लागि मैथिली समाज र युनिक समूह भद्रपुर सामूहिकरूपमा लागिपरेका छन् ।

भारतको बङ्गाल तथा विहार गरी दुईवटा राज्यसँग जोडिएको मेची नदीमा मनाइने छठ पर्वका लागि करिब डेढ किलोमिटर क्षेत्रमा पाँच हजार बढी पूजास्थल निर्माण गरिएको मैथिली समाजका अध्यक्ष रमेशचन्द झाले जानकारी दिए । उनका अनुसार नदी किनारमा अस्थायी बाँसे पुल निर्माण, खानेपानीको व्यवस्था, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क निर्माण गरिएको छ ।

युनिक समूहले निर्माण गरेका घाटमध्ये २० वटा गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपलब्ध गराइने समूहका निवर्तमान अध्यक्ष नारद राजवंशीले बताउनुभयो । समूहले निर्माण गरेको १० फुट घाटको रु एक हजार पाँच सय लिएर बर्तालुलाई दिने गरेको उनको भनाइ छ । मेची नदी किनारको सुरक्षालाई व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मीसँगै दुई सय बढी म्यादी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी कनकाई नगरपालिकास्थित बिरिङ खोलाको किनारमा छठ पूजा लागि चार सय घाट निर्माण गरिएको छ । आजै छठ समाज सेवा समितिले भारतीय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ । समितिका सचिव तथा घाट व्यवस्थापन समिति संयोजक शङ्कर भगतले पूजास्थलमा एम्बुलेन्ससहित हेल्प डेस्क राखिएको बताए ।

 

वि.सं.२०७९ कात्तिक १३ आइतवार १०:१४ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...