काठमाडौ । सिप्रदी ट्रेडिङले टाटा प्रोटेक्टमा सेवा तथा सुविधा थप गरेको छ ।
टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले ल्याएकोे हो ।
कम्पनीले कात्तिक १५ गते एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो ।
सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त आफूहरुको प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यकताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए ।
ग्राहकको आकांक्ष बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्रहकहरुलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्दि«त गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको श्रेष्ठको भनाई छ ।
टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् । उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् । मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ ।
टाटा जेन्यूइन पार्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तिको ब्यवस्था कम्पनीले गर्नेछ । यस्तै, टाटा जिप्पी अन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुने र नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको कम्पनीले उल्लेख गरेको छ ।
ग्राहकहरुको सेवाको लागि कस्टमर हेल्पलाइनको व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टाभित्र समाधान गर्ने प्रत्याभूति प्रदान गरिएको सो अवसरमा जानकारी दिइयो । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित बीमा दाबी सुविधाहरु पनि रहेको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार ०९:१७ मा प्रकाशित






























