काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल एप प्रयोग गरी कारोबार गर्ने ग्राहकहरुले स्मार्टफोन जित्ने भएका छन् । बैंकका अनुसार महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरुमध्ये चार जनाले स्मार्टफोन पाउने छन् ।
बैंकले ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ अन्तर्गत सो योजना सार्वजनिक गरेको हो । योजना नोभेम्बर १ देखि डिसेम्बर ३१ सम्म कायम हुनेछ ।
बैंकले न्यूनतम एक सय वा सोभन्दा माथि कारोबार गर्ने ग्राहक योजनाका लागि योग्य हुने जनाएको छ । साथै कम्तिमा पनि एउटा कारोबार मोबाइल टपअपको पनि हुनुपर्ने बैंकले सर्त राखेको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार ०९:२३ मा प्रकाशित






























