
सुख्खा, बाँझो जमिन देखाई दिनु,पानी छैन, गर्न सक्ने जति बाध्यताले सबै बिदेश तिर गए भन्दिनु । हामी डाडाका घाम खै कहिले अस्ताउनु, आज छाक टरे भोलि के खानु,पत्याएन्न भने सम्पत्तिको नामको त्यहि एउटा खाली भकारी देखाई दिनु।
शिक्षा स्वास्थ्यको के कुरा गर्छौ,पत्त्याएनन भने गाउँ भरी फैलिएको हैजा महामारीले मरेकालाई देखाई दिनु । सेतो साडि पहिरिएकिले युद्धकालमा मरेका श्रीमान र यी लालाबालाका बाबा खै भनी सोधी दिनु ।
सिङ्गापुर बनाउने कुरा गरे, तानेर घर भित्र हुल्नुअनि चुहिने छानाको दुलोबाट तारा मन्डल देखाई दिनु, यहि हो सिङ्गापुर सोध्नु ।
उज्यालोको कुरा गरे मट्टीतेलमा टुकि बालेको देखाई दिनु, स्वरोजगारको कुरा गरे नाम्लोको डाम र हत्केलाको ठेला देखाईदिनु ।
“खै कुन ब्यवस्था फेरियो, उस्तै छ अवस्था,हामी
गरिबलाई कुन तिहार कुन दशै, छैन केही वास्ता”
बिकासका नाममा हिजो पनि जितेकै थियौ त फेरि आज कुन मुख लिएर आएका छौ, यता ?