back
CTIZAN AD

नयाँ रेड्मी ए१ सिरिज स्मार्टफोनका विशेषता र मूल्य कस्तो छ ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार

750 

shares

काठमाडौं – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए सिरिज स्मार्टफोन सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१प्लस सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यी स्मार्टफोनले द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गरेर प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउने कम्पनीको दाबी छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन उपलब्ध गराउने लक्ष्य राखेको शाओमीले स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूका लागि नयाँ रेड्मी सिरिज लन्च गरेको बताए । रेड्मी ए१ र रेड्मी ए१प्लस लन्च गरेसँगै कम्पनीले नयाँ प्रविधिहरू अनुकूलन गर्न र स्मार्टफोन प्रयोगकर्ताहरूलाई जीवनशैलीमा स्तरवृद्धि गराउन नयाँ स्मार्टफोन सेटहरुलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गरेको उनको भनाई छ ।

‘रेड्मी ए१ र रेड्मी ए१प्लस दुवैको लन्चसँगै, हाम्रो लक्ष्य भनेको नयाँ स्मार्टफोन युजरहरूलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउनु हो,’ कन्ट्री म्यानेजर पंडाले भने । रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तरवृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । बजेटभित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै, रेड्मी ए१ र रेड्मी ए१प्लस ‘रेड्मीकै भरोसा’ अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको दाबी कम्पनीको छ ।

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार २१:२२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...