back
CTIZAN AD

श्रीलङ्कामा पर्यटनबाट १० महिनामा एक अर्ब अमेरिकी डलर आम्दानी

वि.सं.२०७९ कात्तिक २० आइतवार

819 

shares

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।

तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ ।

केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलङ्काको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो । गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का भित्रिएको पर्यटन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को महामारी र राजनीतिक सङ्कटसँगै श्रीलङ्कामा आएको आर्थिक सङ्कटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत बर्ष भएको जनआन्दोलनको कारण तत्कालिन राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजिनामा दिनुपरेको थियो । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ कात्तिक २० आइतवार ०७:५४ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...