back
CTIZAN AD

इरानमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक २० आइतवार

1.2K 

shares

तेहरान । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

रिपोर्टमा भनिएको छ, “इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै भवनहरूबाट शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो । इरानी सरकारी सञ्चारमाध्यम र अधिकारवादी समूहका अनुसार खाशलगायत दक्षिणपूर्वी इरानका विभिन्न सहरमा शुक्रबार अधिकारीहरूविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको शहरको एउटा भिडियोमा भवनबाट धुवाँको मुस्लो उठिरहेको देखिएको छ । समूहले भनेको छ, “इन्टरनेट अवरोध र जाहेदानबाट खाशमा थप सुरक्षा बल ल्याउने अधिकारीहरूको तयारीबीच थप रक्तपात भएकोमा हामीलाईे गम्भीर चिन्ता लागेको छ ।” उनले भने, “इरानका अधिकारीहरूले तत्काल सुरक्षा फौजमाथि लगाम लगाउनुपर्छ । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले तत्काल इरानका राजदूतहरूसँग चासो राख्नुपर्छ र संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्द्वारा स्वतन्त्र अनुसन्धान संयन्त्र को स्थापनाका लागि पहल गर्नुपर्दछ ।

खाशबाट इरानीवायर नामक अधिकारकर्मीले सीएनएनलाई शेयर गरेको भिडियोमा पृष्ठभूमिमा ठूलो आवाजमा गोली चलेपछि कैयौँ प्रदर्शनकारी घाइते र अचेत अवस्थामा रहेको देखिन्छ । यसैबीच, देशको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले ट्विटरमा जलेका कारहरू र क्षतिग्रस्त भवनहरूको तस्वीरहरू पोस्ट गरेको छ । तस्बीरको क्याप्सनमा प्रदर्शनकारीहरूलाई क्षतिको लागि जिम्मेवार ठह¥याइएको उल्लेख छ ।

फार्सले ट्वीटमा भनेको छ, “खाशमा शुक्रबार भएको अशान्तिका क्रममा कैयौं व्यक्तिको मृत्यु भएको छ र घाइते भएका छन् । तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला शुक्रबार हिंसा भएको हो । सिएनएनका अनुसार प्रहरी प्रमुखले एक बलोच बालिकालाई बलात्कार गरेको आरोप लागेपछि हालै सिस्तान र बलुचिस्तानराज्यको राजधानी जाहेदानमा पनि ठूलो सङ्ख्यामा प्रदर्शन भएका छन् ।

पाकिस्तान र अफगानिस्तानको छिमेकी यो प्रान्तमा लामो समयदेखि उत्पीडनमा परेका सुन्नी मुस्लिम बलोच जातीय अल्पसङ्ख्यक समुदायका सदस्यहरू बसोबास गर्छन् र यो क्षेत्र लामो समयदेखि अशान्त रहेको छ । (रासस/एएफपी)

वि.सं.२०७९ कात्तिक २० आइतवार ०७:५९ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...