back
CTIZAN AD

इरानले भन्यो–युक्रेन–रुस द्वन्द्व सुरु हुनुअघि नै रुसलाई ड्रोन पठाइएको हो

वि.सं.२०७९ कात्तिक २० आइतवार

783 

shares

तेहरान । इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन् ।

इरानको सरकारी समाचार संस्था आइआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत गर्दै भनेको छ, “हामीले रूसलाई दिएको ड्रोन युक्रेन युद्ध सुरू हुनुभन्दा केही महिनाअघिका हुन् र यदि रुसले युक्रेनविरुद्धको युद्धमा इरानी ड्रोन प्रयोग गरेको प्रमाणित भयो भने हामी त्यसप्रति अनौठो मान्ने छैनौँ ।”

शनिबारदेखि इरानको राजधानी तेहरानमा सुरु भएको बैठकमा इरानी वरिष्ठ कुटनीतिज्ञले भने, “हामी युक्रेनी विदेशमन्त्रीसँग सहमत भएका छौं कि यदि उनीहरूसँग रुसले युक्रेनमा इरानी ड्रोन प्रयोग गरेको कुनै कागजात छ भने उनीहरूले हामीलाई उपलब्ध गराउनुपर्छ ।” युक्रेन र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी राष्ट्रहरूले हालैका हप्ताहरूमा तेहरानले युक्रेनमा जारी द्वन्द्वमा प्रयोग गर्न मस्कोमा आत्मघाती ड्रोन निर्यात गरेको आरोप लगाएपछि इरानी विदेशमन्त्रीको टिप्पणी आएको हो ।

शनिबार अब्दुलाहियानले रूसलाई इरानी क्षेप्यास्त्र आपूर्तिबारे पश्चिमा ‘मिडिया हाइप’लाई अस्वीकार गर्दै भने, “क्षेप्यास्त्रका बारेमा उनीहरूले जे भनेका छन्, त्यो सरासर गलत छ ।” उनले रूस–युक्रेन सङ्कट समाधानका लागि इरानको अडान दोहो¥याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको बडापत्रको संरक्षण, संवद्र्धन र प्रतिरक्षा गर्ने उद्देश्यका साथ भन्दै मार्च २०२१ मा १९ सहयोगी राष्ट्रहरूहरूको समूह गठन भएको छ । (रासस/सिन्ह्वा)

 

वि.सं.२०७९ कात्तिक २० आइतवार ०८:०६ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...