back
CTIZAN AD

खुला चुनावीसभामा होमिए खोटाङका राजनीतिक दल

वि.सं.२०७९ कात्तिक २० आइतवार

831 

shares

खोटाङ । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशससभा सदस्य निर्वाचनका लागि खोटाङका राजनीतिक दल तथा उम्मेदवार खुला चुनावीसभामा होमिएका छन् । गत असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेलगत्तै घरदैलो अभियानमा जुटेका राजनीतिक दल तथा उम्मेदवारले शुक्रबारदेखि औपचारिकरूपमा चुनावीसभा सुरु गरेका हुन् ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभालगायत कार्यक्रम गर्न अनुमति दिएपछि दलहरूले शीर्षनेतृत्वलाई समेत जिल्लाका चुनावीसभामा झिकाएका छन् । आफ्नो पक्षमा माहोल बनाउन राष्ट्रियस्तरका कलाकारलाई समेत चुनावीसभामा झिकाएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनले शुक्रबार नै खोटाङबजारबाट संयुक्त चुनावीसभा गरेर प्रचार सुरु गरेको छ । गठबन्धनले आगामी कातिक २९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभाको आयोजना गरिएको जनाएको छ ।
खोटाङबजारमा भएको कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, कांग्रेसका महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री सर्वधन राई, प्रदेश प्रदेशसभा (२)का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भूपेन्द्र राईलागायतले सम्बोधन गरेका थिए ।

कात्तिक १९ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा, २० गते ऐंसेलुखर्क गाउँपालिकाको ऐंसेलुखर्क बजार, २१ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, २२ गते रावाबेँसी गाउँपालिकाको हरमटारमा गठबन्धनको चुनावीसभा हुने प्रचार–प्रसार समितिका संयोजक टङ्क थापाले जानकारी दिए । यस्तै कात्तिक २३ गते हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, २५ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी, २६ गते बराहपोखरी गाउँपालिकाको धर्तुङ, २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजार र कात्तिक २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित हेलिप्याडमा संयुक्त चुनावीसभा हुने गठबन्धनले जनाएको छ ।

गठबन्धनबाट प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई उम्मेदवार रहनुभएको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी छन् । गठबन्धनविरुद्ध प्रदेशसभा (१)मा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका धर्मराज पोखरेलले पनि आफ्नो चुनावी कार्यक्रम गरिरहेका छन् । गठबन्धनको सिट बाँडफाँट र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेकपा (एमाले)ले शनिबार ऐंसेलुखर्कमा चुनावीसभा गरेर खुला प्रचार सुरु गरेको छ । एमालेका अनुसार कात्तिक २० गते रावाबेँसी गाउँपालिकाको हरमटारमा, २३ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमी बजार, २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपास्थित पञ्चरदोबाटो, २६ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा चुनावीसभा गर्ने तयारी गरिएको प्रचार–प्रसार समितिले जनाएको छ । यस्तै कात्तिक २७ गते दिक्तेल बजार, २८ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी, २९ गते हलेसी, ३० गते खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी र मङ्सिर १ गते बराहपोखरी गाउँपालिकाको धर्तुङमा चुनावीसभा गर्ने कार्यतालिका तय गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (१) मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रीएका छन् । एमालेले केन्द्रमा जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरे पनि जिल्लामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा जसपाले पनि जिल्लामा चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । जसपाबाट प्रतिनिधिसभामा डा कृष्णकुमार राई ‘केके’, प्रदेशसभा (१)मा राकेश राई र प्रदेशसभा (२)मा प्रेमकुमार राई चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन् । उम्मेदवारी कायम रहेका नेता आ–आफ्नो पक्षमा माहोल बनाउन चुनावी कार्यक्रम लिएर जिल्ला दौडाहमा लागेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ‘१’मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा ‘२’मा छ जना चुनावी मैदानमा उत्रिएका छन् । यद्यपि एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
–––

वि.सं.२०७९ कात्तिक २० आइतवार ०८:५५ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...