back
CTIZAN AD

नेकपा एमाले प्रदेश १ को प्रतिवद्धता सार्वजनिक, के छ त प्रतिबद्धतामा ?

वि.सं.२०७९ कात्तिक २० आइतवार

831 

shares

मोरङ । नेकपा (एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह लगायतले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

प्रतिबद्धतामा २६ वटा एजेण्डा समावेश गरिएको छ । एमालेको तीन वर्ष छ महिनामा सरकार सञ्चालनको अवधिमा गरेको मुख्य/मुख्य कामको उपलब्धि समावेश गरिएको छ ।

प्रदेशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, जनप्रशासनलाई व्यापक सुधार गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । यसैगरी जनप्रतिनिधिले शासक होइन जनताको सेवकको रुपमा कार्य गर्ने, प्रदेशमा कृषिको व्यवसायीकरण, कृषि यान्त्रिकरण, मलखाद, सिँचाइ, उद्योगको स्थापना, पर्यटन क्षेत्रमा पूर्वाधारको निर्माण गरी जनताको जीवनस्तर सुधार्ने उल्लेख गरिएको छ । प्रदेशको अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

प्रतिबद्धतापत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्नेलगायत विषय प्राथमिकतामा राखिएको छ । प्रतिबद्धतापत्रमा प्रदेशलाई मुलुकको प्रवेशद्वार रुपमा विकास गर्ने कुरा समावेश गरिएको छ ।

यसैगरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बङ्गलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाइल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने कुरा प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले सुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायत विषय प्रतिबद्धतापत्रमा समेटिएको छ । सङ्घीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिने कार्ययोजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

वि.सं.२०७९ कात्तिक २० आइतवार ०८:५७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...