back
CTIZAN AD

पालिकाको उदाहरणीय कार्य, नियमित स्कुल जान थाले बालबालिका

वि.सं.२०७९ कात्तिक २० आइतवार

825 

shares

सुर्खेत/भेरीगङ्गा । दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैँसी पालेर घरखर्चको जोहो गरिन् । हिमा माथिल्लो कक्षामा पढ्न थाले । , तब उनलाई कापी, किताब र पढाइ खर्च अभाव हुन थाल्यो । यतिसम्मकि उनलाई अर्थाभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो ।

अर्थाभावकै कारण हिमा विद्यालय छाड्ने निर्णयमा पुगिन् । त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनकी आमा तुलसी विक भन्छिन्, “घरमा हामी आमाछोरीमात्रै छौँ, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुस्किल छ । विद्यालय पोशाक र किताब किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।” तर अर्थावस्थाका कारण समस्या परेकी हिमाले अहिले छात्रवृत्ति पाउन थालेकी छन् । छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ ।

गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा लागू भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुसी छाएको छ । “हामी गरिबको कोही छैनन् भन्ने लाग्थ्यो”, उनी भन्छन्, “छोरीको नाममा गाउँपालिका र सोसेकले रु २५ हजार रकम जम्मा गरिदिनुभएको रहेछ, त्यही पैसाको ब्याजबाट अहिले छोरीको पढाइ खर्च टरेको छ”, उनी अहिले १० कक्षा पढ्दैछन् ।

हिमामात्रै होइन, गुराँस गाउँपालिका–४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुवै छैनन् । उनीहरु अहिले हजुरआमाको संरक्षणमा छन् । उनीहरूलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन । अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनोटमा परे । सहकारीमा जम्मा भएको रु २५–२५ हजार रकमबाट आउने ब्याजले हिजोआज उनीहरुको पढाइ खर्च जुटेको छ । अर्थाभावकै कारण पढाइ पूरा गर्न सकिन्न कि भन्ने चिन्ता अहिले हटेको छ ।

प्रेम अहिले १० कक्षामा पढ्छन् भने देवीसरा ८ कक्षामा पढ्दै हुनुहुन्छ । उनी भन्छन्, “देख्दा सानो रकम लाग्ला, तर यसले हाम्रो पढाइ नियमत भएको छ ।” आफूहरूको २५ हजार रकम सहकारीमा जम्मा भइरहेको जनाउँदै उमेरले २० वर्ष पुगेपछि उक्त रकम पाउने प्रेम बताउछन् । गुराँस गाउँपालिकाले विसं २०७६ मा ल्याएको जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हाल गाउँपालिकाका आठवटै वडाका सात सय ६७ जना जोखिम तथा असहाय बालबालिका यो कार्यक्रमबाट लाभान्वित भएका छन् । जसमध्ये तीन सय ८७ बालिका र तीन सय ८० बालक रहेको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिए ।

बालविवाह न्यूनीकरणमा सहयोगी

जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम गाउँपालिकाका तत्कालिन अध्यक्ष खेमराज ओलीले कार्यान्वयनमा ल्याएका थिए । उक्त कार्यक्रमबाट दुईवटा उद्देश्य राखिएको जनाइएको छ । उनी भन्छन् “यो कार्यक्रम दुई उद्देश्य राखेर हामीले ल्याएका थियौँ, पहिलो आमाबुवा नभएका, जोखिममा रहेका बालबालिका अर्थाभावकै कारण शिक्षाबाट बञ्चित नहुन् भन्ने थियो भने अर्को भने बालविवाह न्यूनीकरण गर्नु थियो ।”

कार्यविधि नै तयार गरेर गाउँपालिकाको तर्फबाट रु १५ हजार, सेभ द चिल्ड्रेन र सोसेक नेपालको सहयात्रा कार्यक्रमबाट रु १० हजार गरी एक बाबालिकाको नाममा रु २५ हजार रकम सहकारीमा जम्मा गर्ने गरिएको छ । उक्त रकमबाट आएको ब्याज ती बालबालिकाको शिक्षाका लागि दिइने गरिएको छ । बाँकी सावाँ रकम बालबालिका २० वर्ष भएपछि मात्रै दिइने कार्यविधिमा उल्लेख छ । २० वर्ष नहुँदै उक्त बालक अथवा बालिकाले विवाह गरेको खण्डमा त्यो रकम नदिइने शर्त राखिएको छ । गुराँस कृषि लघुवित्त सहकारीका अध्यक्ष जगत बिसीले कार्यक्रमले बालविवाह न्यूनीकरण गर्न सहयोग मिलेको जानकारी दिए ।

उनका अनुसार बालबालिकाको उक्त रकम सस्तो ब्याजदरमा उद्यमीलाई लगानी गर्ने गरिएको छ । उनी भन्छन्, “बालबालिकाका लागि दिइने रकम हाम्रो सहकारीमा जम्मा गरिदिएका छौँ, हामी बालबालिकालाई वार्षिक १२ प्रतिशत ब्याज दिन्छौँ । उक्त रकम विभिन्न उद्यमी गर्नेले ऋण लिनुहुन्छ, एकातिर बालबालिको शिक्षामा पनि पहुँच बढेको छ भने अर्कातिर उद्यम गर्नेहरू पनि बढ्नुभएको छ ।” यो कार्यक्रमले बालविवाहसमेत न्यूनीकरणमा सघाउ पुगेको उनको भनाइ छ । रासस

file photo

वि.सं.२०७९ कात्तिक २० आइतवार ०९:१४ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...