काठमाडौं । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् ।
दानुष्कालाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै सिड्नी प्रहरीले शनिबार पक्राउ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
बीबीसीका अनुसार ३१ बर्षीय दानुष्का पक्राउ परेपछि उनका साथीहरुले उनलाई सिड्नीमै छाडेर हिंडेको बताइएको छ ।
क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् ।
तीनसाता अगाडि दानुष्का घाईते भएपछि उनको टिममा एशेल बंडाराले उनको स्थान लिएका थिए । तर उनी श्रीलंका फर्किनुको साटो टिम म्यानेजमेन्टले टोलीसँगै अष्ट्रेलियामै राखेको बताइएको छ ।
प्रहरीका अनुसार महिलाले दानुष्कासँग अनलाइन डेटिङ एपबाट केहीदिनदेखी कुराकानी गर्दै आएपछि दुवैले भेटघाट गरेका थिए । महिलाले २ नोभेम्बरका दिन आफुमाथि बलात्कार भएको प्रहरीलाई बताएकी छन् ।
वि.सं.२०७९ कात्तिक २० आइतवार ०९:३७ मा प्रकाशित






























