back
CTIZAN AD

गजलकार रसुवाको दोस्रो गजल सङ्ग्रह ’सुनको बिहान’ सार्वजनिक

वि.सं.२०७९ कात्तिक २० आइतवार

999 

shares

काठमाडौं । गजलकार पुरूषोत्तम रसुवाको दोस्रो गजल सङ्ग्रह ’सुनको बिहान’ शनिवार एसएस कलेजको प्राङ्गणमा सार्वजनिकीकरण गरिएको छ ।

कार्यक्रमलाई प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै प्राज्ञ तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्राड्ड जगत् प्रेक्षितले रसुवाका गजलले समाजको आवाज बोलेको बताए । उनले जीवनको लयलाई सचेत ढङ्गले पक्रेको दाबी गर्दै एउटा अनन्त सम्भावना रहेको गजलकारका रूपमा रसुवालाई चित्रित गरे ।

लेखकले सधैँ जीवनबोधी सिर्जनामा आफूलाई समर्पित गर्नुपर्ने जिकिर गर्दै पुस्तकका प्राविधिक पक्षलाई समेत ध्यान दिनुपर्ने प्रेक्षितले राय थियो ।

No description available.

त्यसैगरी अर्का अतिथि प्रकाशपुञ्जले आफूले रसुवालाई मिहिनरूपमा चिनेको भन्दै उनको सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरे ।

चर्चित गजलकार तथा कवि बाबु त्रिपाठीले आफूले रसुवाका गजल तीन महिनाअघिदेखि अध्ययन गरेको बताउँदै उनका गजलले अझै बढी सामाजिक परिवेश बोल्नुपर्ने खुलासा गरे । मायाप्रीतिका शृङ्गारिक गजलको बाढी नै आएको दाबी गर्दै उनले अबका गजलमा समकालीन समाजका तमाम मुद्दा अभिलेखीकरण हुनुपर्ने अभिमत समेत राखे । यसका निम्ति रसुवा एक सत्पात्र बन्न सक्ने उनको विचार थियो ।

No description available.

प्रकाशिका सुलोचना गौतमले पुरूषोत्तमका गजल पठनीय लागेकाले आफूले प्रकाशनको जिम्मा लिएको खुलासा गरिन् । लोकार्पण कार्यक्रममा उपस्थित पाहुनाहरूलाई मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष तथा त्रिशूली वाङ्मयका काड्डवाड्ड महासचिव राजेन्द्र घिमिरे ’सागर’ले स्वागत गरेका थिए भने सङ्गीतकार तथा म्युजिक भिडियो निर्माता बादल घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसरी नै गजलकार पुरूषोत्तम रसुवाले रचनागर्भबारे सङ्क्षिप्त मन्तव्य दिँदै सङ्ग्रहभित्र समेटिएका गजलका केही सेर वाचन गरे भने अर्का गजलकार दीप्तप्रकाश अधिकारीले रसुवाका केही सेर गजल वाचन गरे ।

माधव घिमिरे ’अटल’ले सहजीकरण गरेको सो कार्यक्रमका अध्यक्ष गोलढुङ्गा साहित्य परिषद्का अध्यक्ष देवेन्द्र अर्याल ’आँसु’ले कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै कार्यक्रमको बिट मारे ।

कार्यक्रममा सूचक प्रकाशनका दीपक भेटुवाल ’दीपसागर’,चर्चित नियात्राकार राजेन्द्रमान डङ्गोल, सुनिल स्पन्दन, उत्तम विचारलगायतका स्रष्टाहरूको पनि उपस्थिति थियो ।

वि.सं.२०७९ कात्तिक २० आइतवार ११:१७ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...