back
CTIZAN AD

अब कता जाला सेयर बजार ?

वि.सं.२०७९ कात्तिक २० आइतवार

819 

shares

काठमाडौं । पुँजी बजारले गएकाे साता केही आशा जगायो । समग्रमा नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भयो ।

बजार १९ सय विन्दु माथि नै अडिएको छ । १८०७ को तहमा आएको नेप्से १९ सयको लेबल माथि रहेकाले अब बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दै जानेमा धेरैले विश्वास लिएका छन् । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न भने सक्दैन ।

चुनावी माहोल सूरु भएको तथा लाभांशको सिजन पनि चलेकाले सेयर बजारमा नयाँ तरंग आउन सक्ने कतिपयको विश्लेषण रहेको छ । चुनावका कारण बजारमा पैसा आउने विश्वास लगानीकर्ताको रहेको छ । यता, ठूला वाणिज्य बैंकहरुको नाफा बढेकाले पनि लगानीकर्ता थप आशावादी भएका हुन् । यस्तै, बजार घटेको पनि १४ महिना पूरा भइसकेको छ ।

यसकारण पनि विस्तारै बजारले गति लिने विश्वास धेरैको रहेको हो । अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सकारात्मक बन्दैछन् ।

रेमिटेन्स बढेको छ । अब ब्याजदर घट्न बाँकी छ । तरलता सहज भई ब्याजदर पनि केही घट्न थाल्यो भने नेप्सेले गति लिन सक्ने विश्लेषकहरु बताउँछन् । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका रहने गर्छ ।

वि.सं.२०७९ कात्तिक २० आइतवार ११:२५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...