काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब बराबरको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ जारी गर्ने भएको छ । ११.२५ प्रतिशत ब्याजसहित पाँच वर्षको लागि निष्कासन गर्न बैँकले सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यको लागि ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:४३ मा प्रकाशित





























