back
CTIZAN AD

अरबपति विनोद चौधरीले बुहारीका गहना नफर्काएपछि…

वि.सं.२०७९ कात्तिक २३ बुधवार

1.3K 

shares

काठमाडौं । चौधरी ग्रुप लगायतका विभिन्न कम्पनीका मालिक तथा नेपालकै धनीमानि विनोद चौधरीले बुहारीको गहना नफर्काएको आरोप लागेको छ ।

भारतका खर्बपति लक्ष्मी मित्तलकी भतिजी स्वस्ती मित्तललाई बुहारी बनाएर भित्राएका चौधरीले बुहारीले पारापाचुकेका लागि भारतको बेंगलोर अदालतमा मुद्दा हालेपछि गहना र रकम गरी २० करोड भारुतिरी सम्बन्ध बिच्छेद गर्न पाउने गरी सहमति गराएको थियो । तर उक्त रकम चौधरी परिवारले २०१७ सम्ममा तिरिसक्नु पर्नेमा आधा रकम तिरेपनि आधा हालसम्म पनि नतिरेको समाचार सार्वजनिक भएको छ ।

२००७ मा चौधरीका जेठा छोरा निर्वाण चौधरीले स्वस्तीसँग विवाह गरेका थिए । धुमधामसँग भएको बिवाहमा वलिवुडका नायक सलमान खानसहित थुप्रै कलाकार तथा उच्च पदस्थको सहभागीतामा उक्त विवाह भएको थियो भने दुलही लिन नेपालबाट विमान चार्टड गरेर जन्ति लगिएको खुब चर्चा चलेको थियो । तर, विवाह भएको केही महिनामै स्वस्ती र निर्वाणबीच विवाद भएको थियो । धनी परिवारमा मुम्बईको खुला हावा खाएर हुर्किएकी तथा युरोपेली संस्कृतिमा पढे–बढेकी स्वस्तीलाई चौधरी परिवारले घरबाट निस्कन समेत बन्देज लगाएको तथा ‘इकोनोमिकल्ली र इमोसनल्ली अप्ठेरोमा पारेको आरोप छ ।

खर्बपतीकी भतिजि तथा अर्बपतिकी बुहारी भएर पनि स्वस्तीले कहिले झम्सिखेलमा रहेको आफ्ना काका ससुराको ‘ले सुन रेष्टुरेण्ट’ मा गएर दिनभरी रोएको तथा आफ्ना नजिकका साथीसँग परिवारले दिएको शासना सम्बन्धी गुनासो गर्थिन् । अन्तत बिहे भएको डेढवर्षपछि स्वस्तीले चौधरी परिवारको सम्पत्तीमाथि कुनै पनि दावी नगरी सम्बन्ध तोडेर भारत पुगेकी हुन् ।

यता निर्वाणले अर्को बिहे गरेजस्तै स्वस्तीले पनि यो बिचमा अर्को जीवनसाथी चुनिसकेकी छन् । तर, पूर्व बुहारीको सुनको पैसा तिर्न नसकेको आरोप चौधरीमाथि लाग्दै आएको छ भने यता चौधरीले मित्तलको छोरी बिहे गर्दा आफुहरुलाई करोडौको घाटा लागेको भन्ने प्रचार गर्दै हिँडेको बुधबारको जनआस्था साप्ताहिकले लेखेको छ ।

 

 

वि.सं.२०७९ कात्तिक २३ बुधवार १४:२६ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...